काेराेना संक्रमण दर घट्दैः ३ सय भन्दा धेरैमा कोरोना पुष्टि, एक हजार भन्दा बढी निकाे

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, ७  फागुन २०७८ ।

नेपालमा थप तीन सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा पीसीआर र एन्टिजेन गरी सात हजार ९६ जनाको नमूना परीक्षण गर्दा तीन सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

याे संगै अहिलेसम्म नेपालमा नाै लाख ७५ हजार तीन सय तीस जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौं जिल्लामा ५१ जनामा संक्रमण पुष्टि भएको छ । त्यसपछि कास्कीमा २२, कैलालीमा ९, लमजुङमा ८, झापा, ललितपुर र दाङमा ७/७ जना, रुपन्देही र सर्लाहीमा ६/६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार दुई सय ७२ जना कोरोना संक्रमित निको भएका छन् । याे संगै अहिलेसम्म  नाै लाख ५० हजार ५६ जना काेराेना मुक्त भएका छन् । अहिले नेपालमा १३ हजार तीन सय ५७ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएसंगै कुल मृतककाे संख्या  ११ हजार नाै सय १७ पुगकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो