कृषकको पौरखः पाँच सयको धान नफल्ने ठाउँमा ५० हजारको खोलेसाग

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ५ फागुन २०७८ ।

बागलुङको एक किसानले पाँच सयको धान नफल्ने ठाउँमा खोलेसागको खेति गरेर ५० हजार बढी आम्दानी गरेका छन् । बरेङ गाउँपालिका ४ सल्यान थप्लुङका खडक कुमार पुनले खोलेसागको व्यवसायिक खेति गरी आम्दानी गर्न थाल्नुभएको हो ।

एक पटक लगाएपछि विना मेहनत आम्दानी गर्न सकिने भएकाले यसको खेति गरिएको कृषक पुनले बताउनुभयो । “नियमित पानी भएको ठाउँमा यसलाई रोपेपछि एक महिनामै खान तयार हुन्छ” कृषक पुनले जिल्लाखबर डटकम संगको कुराकानीमा भन्नुभयो “तरकारी खानको लागि यो साग निकै मिठो हुन्छ यस कारण पनि यसको खेति बढाएको छु ।”

धान रोप्दा पाँच सयको पनि नफल्ने ठाउँमा खोलेसाग रोपेर एक सिजनमा करिव ५० हजारको आम्दानी गर्न सफल भएको उहाँको भनाई छ । उहाँले उब्जनी गर्नुभएको साग किन्न घरमा नै ग्राहकहरु आउने गरेका छन् । एक मुठाको ५० रुपैयाँमा बिक्रि हुने खोलेसागले कब्जियत, कुपोषण, आँखाको समस्या भएकाहरुको स्वास्थ्यमा प्रत्यक्ष फाइदा पुग्ने कृषक पुन बताउनुहुन्छ ।

यो साग विशेष गरी मंसिर देखि चैतसम्म हुने गर्दछ । एक सिजनमा कम्तिमा पनि ४ देखि ६ पटक सम्म काटेर बेच्न सकिने कृषक पुनको भनाई छ । यो साग एक पटक काटेपछि निरन्तर पानी भैरहेमा एक महिना नपुग्दै फेरि काटेर बेच्नेबेला हुन्छ ।

थोरै ठाउँमा काट्दा पनि धेरै मुठा बनाउन सकिने यो सागको माग बजारमा पनि अत्याधिक रहेको खडककी श्रीमती नर्मदा राना पुनले बताउनुभयो । नजिकै गुल्मीको शान्तिपुर बजार रहेपनि ग्राहकहरु भने घरमा नै आउने गरेको उहाँको भनाई छ । बजारमा किन्दा महंगो समेत पर्ने र ताजा पनि नहुने भएकाले किसानको घरमा नै ग्राहक पुग्ने गरेका छन् ।

विशेषगरी सिमसार र खोल्साखाल्सीमा पाइने यो साग पानी भएको ठाउँमा एक पटक रोपेपछि एक सिजन टिप्न सकिन्छ भने यसलाई फुल्न दिएमा यसको बिउ पनि उत्पादन गर्न सकिन्छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो