जैमिनीको १० औं नगरसभा सम्पन्न, नियम मिचेको भन्दै सदस्यको आपत्ति

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १३ फागुन २०७८ ।

जैमिनी नगरपालिकाको १० औं नगरसभा सम्पन्न भएको छ । बागलुङको दक्षिणी भेगमा अवस्थित जैमिनी नगरपालिकाको १० औं नगरसभा शुक्रबार सम्पन्न भएको हो ।

नगर सभामा जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले आफ्नो कार्यकालमा सकेजती काम गरेको बताउनुभयो । नगरपालिका स्थापना हुँदा पूर्वाधार नभएको र यस बखत पनि चुनौतिका साथ काम गर्नुपरेको उहाँको भनाई छ । यस्तै नगर उप प्रमुख लिला रानाले नगर क्षेत्रमा एक ईन्च कलोपत्रे बाटो नहुँदा आफूहरुको कार्यकालमा बजारमा कालोपत्रे र ढलान गरिएको बताउनुभयो । तल्लो बजारदेखि उपल्लो बजारसम्म जाँदा पनि गाडी फस्ने गरेको स्मरण गर्दै उहाँले जनताले सोचे अनुसार काम गर्न सकियो कि सकिएन भनेर नगरवासीहरुले नै मुल्यांकन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

१० औं नगरसभामा जैमिनी नगरपालिकाले केहि विधेयक र रकमान्तर भएका योजनाहरु पारित गरेको छ । यसअघि जैमिनी नगरपालिकाको नगरसभाले योजना रकमान्तरण गर्दा समस्या भएको भन्दै योजना रकमान्तरण नगर्ने निणर्य गरेको थियो तर कार्यकालको अन्तिम चरणमा योजना रकमान्तर गरिएको र केहि ठुला रकमहरुको समेत योजना रकमान्तर गरिएको भन्दै केहि सदस्यहरुले आपत्ति जनाएका छन् ।

जैमिनी नगरपालिका वडा नं २ का वडा सदस्य प्रेम सापकोटाले नगरपालिकाले संशोधन गरेको कृषि तथा पशु फर्म दर्ता र नविकरण सम्बन्धमा माछा वा मौरी पालनेहरुको लागि के गर्ने भनेर प्रश्न गर्नुभएको थियो । यस्तै जैमिनी नगरपालिका वडा नं ६ का वडा सदस्य बुद्धि बहादुर थापा विरेन्द्रले कानुन विपरित योजना रकमान्तर गरेको भनदै आपत्ति जनाउनुभएको छ ।

प्रश्नको जवाफ दिँदै जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले केहि रकमान्तर गर्दा सकिने योजना भएकाले वस्तुस्थिति बुझेर रकमान्तरण गरिएको जवाफ दिनुभएको थियो ।

जवाफ चित्त नबुझेको र आफूको आपत्ति रहँदा रहँदै सभा विसर्जन गरेको भन्दै वडा सदस्य थापाले आपत्ति जनाउनुभएको छ । आफैले निणर्य गरेको र आफैले उल्लंघन गरेको भन्दै उहाँले नोट अफ डिसेन्ट लेख्न पाउने आफ्नो अधिकार समेत प्रयोग गर्न नदिएको गुनासो गर्नुभयो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो