काठमाण्डाै, १४ फागुन २०७८ ।
आज देशका केहि ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेकाे छ । आज चार वटा प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।
दिउँसोपख सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार पश्चिमी न्यून चापीय प्रणालीले यी चार वटा प्रदेशमा हल्का वर्षा गराउने सम्भावना छ ।
अरु तीन वटा वाग्मती, मधेस प्रदेश र प्रदेश-१ मा भने सामान्यतया मौसम सफा रहनेछ । उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा आज राति हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलिदेखि केही दिन कुनै पनि मौसमी प्रणालीको प्रभाव नरहने अनुमान छ । तर प्रि-मनसुन सुरु भएपछि बेलुकीतिर मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने जस्ता गतिविधि हुनेछन् ।

माैसमी प्रणालीमा फेरबदल हुने भएकाले खेतबारीकाे काम र यात्रा गर्दा सतर्क रहन महाशाखाले अनुराेध गरेकाे छ ।

प्रतिक्रिया दिनुहाेस्