जैमिनी नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास, अब ३ बर्षमा नगरकाे भवन ठडिने

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १७ फागुन २०७८ ।

बागलुङको जैमिनी नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । मंगलबार जैमिनी नगरपासिलकाका नगर प्रमुख ईन्द्रराज पौडेलले भवनको शिलान्यास गर्नुभएको हो ।

आफ्नो कार्यकालमा भवनको शिलान्यास भएको र अबका जनप्रतिनिधिले भवनलाई पुर्णता दिने नगर प्रमुख पौडेलले आशा व्यक्त गर्नुभयो । शिलान्यास कार्यक्रममा नगर प्रमुख पौडेल, उप प्रमुख लिला राना, प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइराला, नगरपालिकाका कर्मचारी सहित वडाध्यक्ष लगाएत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

यसअघि जैमिनी नगरपालिकाले आफ्नो प्रशासनीक भवन बनाउनको लागि ठेक्का सम्झौता गरिसकेकाे छ। बोलपत्र स्विकृत भएको रविना, प्राकृतिक जुगल जेभी सँग आठ करोड, १७ लाख ६५ हजार ८२ रुपैयाँ १८ पैसामा ठेक्का सम्झौता गरेको थियाे ।

२०८१ साल असार मसान्तसम्म भवन निर्माण गर्नेगरी माघ २१ गते ठेक्का सम्झौता गरिएको जैमिनी नगरपालिकाका ईन्जिनियर विवेक सापकोटाले जानकारी दिनुभयो । करिव ३ बर्षमा निर्माणको जिम्मा पाएको कम्पनीले ४ तलाको ४२ कोठे भवन निर्माण गर्नेछ ।

जैमिनी नगरपालिकाले कुश्मिसेरा बजारको तल्लो भेग ठेउले खोला र टिमुर खोलाको दोभानमा आफ्नै प्रशासनिक भवन बनाउन लागेको छ । भवन निर्माण भएपछि नगरपालिकाको सेवा प्रवाहमा समेत सहज हुने ईन्जिनियर सापकोटाको भनाई छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो