एकैदिन यतिधेरै बढ्याे सुनकाे मूल्य, याे बर्षकै उच्च बिन्दुमा काराेबार

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाै, १८ फागुन २०७८ । 

आज सुनकाे मूल्य ह्वात्तै बढेकाे छ । बुधबार सुनकाे मूल्य एकैदिन  १ हजार ९ सयले बढेकाे हाे ।

आज छापावल सुनको मूल्य तोलामा ९९ हजार ५ सय रुपैयाँ तोकिको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । २०७७ साल भदौं ३ गते पछिकै सुनको मूल्य यो वर्षकै उच्च विन्दूमा पुगेको छ । त्यसदिन छापावल सुनको मूल्य एक लाख चार सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

आज यस्तै तेजावी सुनको मूल्य ९९ हजार रुपैयाँ कायम हुँदा चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदीको प्रतितोला कारोबार मूल्य १३ सय ७५ रुपैयाँ तोकिएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो