लायन्स क्लव जैमिनीद्वारा सर्वोदय प्रा.विका विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १८ फागुन २०७८ ।

लायन्स क्लव अफ बागलुङ जैमिनीले सर्वोदय प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरेको छ । बुधबार बागलुङको जैमिनी नगरपालिका ४ सर्कुवाको मौलाछमा रहेको विद्यालयका विद्यार्थीहरुलाई क्लवको तर्फबाट स्टेशनरी सामग्री वितरण गरिएको हो ।

बालबिकास देखि कक्षा ५ सम्मका २३ जना विद्यार्थीहरुलाई शैक्षिक सत्र २०७८ सालभरलाई पुग्नेगरी स्टेशनरी सामग्री वितरण गरिएको क्लवका अध्यक्ष विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो । अधिकांश निम्न वर्गीय विद्यार्थीहरु अध्ययन गर्ने भएकाले सो विद्यालयमा सानो भएपनि सहयोग गरिएको उहाँको भनाई छ ।

क्लवका सदस्यहरुबाट रकम उठाएर सहयोग गरिएको र आगामी दिनमा विद्यार्थीहरुका लागि थप सहयोग गर्ने लायन्स क्लब अफ बागलुङ जैमिनीका सचिव नारायण आचार्यले बताउनुभयो । क्लवको तर्फबाट विद्यालयका प्रधानाध्यापक लेखनाथ शर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज शर्मालाई स्टेशनरी सामग्री हस्तान्तरण गरिएको थियो भने विद्यालयले विद्यार्थीहरुलाई वितरण गरेको थियो ।

स्टेशनरी सामग्री पाएपछि विद्यार्थीहरु खुशी भएका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो