फेरि आकाशियो सुनको भाउः एकैदिन यतिधेरै मूल्य बढ्यो, किन बढ्दैछ सुन

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, २० फागुन २०७८ ।

सुनको भाउ आज शुक्रवार तोलामा नाै सय रुपैयाँले बढेको छ । कारोबार हुने हप्ताको अन्तिम दिन आज सुन तोलामा नाै सय रुपैयाँले बढेर तोलाको ९९ हजार नाै सय रुपैयाँ पुगेको छ ।

सुन हिजो बिहीवार तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । अस्ति बुधवार सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर ९९ हजार पाँच सय रुपैयाँमा पुगेको थियो । तर हिजो तोलामा पाँच सय रुपैयाँले घटेको थियो ।

आज चाँदीको भाउ घटबढ भएको छैन । चाँदी तोलाको १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार रुस–युक्रेन युद्धको प्रभावका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो