जैमिनीमा हात्तिपाइलेको औषधि र कोरोना खोप सम्बन्धी अन्तरक्रिया गोष्टी सम्पन्न

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २० फागुन २०७८ ।

जैमिनी नगरपालिकामा हात्तिपाइले रोग निवारण कार्यक्रम सम्बन्धी नगरस्तरीय योजना तथा बहुनिकाय गोष्टी सम्पन्न भएको छ । हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउने सम्बन्धमा शुक्रबार सरोकारवालाहरुसँग अन्तरक्रियात्मक गोष्टी सम्पन्न भएको हो ।

बागलुङ जिल्लामा हात्तिपाइले रोग निवारण हुन नसक्दा पटक पटक औषधि खानुपर्ने बाध्यता भएको र जैमिनी नगरपालिकामा पनि हात्तिपाइले रोगको लक्षण भएका विरामी देखिएकाले यस सम्बन्धी जनचेतना जगाउन सरोकारवालाहरुसँग गोष्टीको आयोजना गरिएको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि लगाएत सरोकारवालाहरुलाई हात्तिपाइले रोग सम्बन्धी अन्तरक्रिया गरिएको र अनिवार्य औषधि सेवन गर्न जनचेतना जगाउन आग्रह गरिएको छ ।

बागलुङ जिल्लामा यहि फागुन २८ गतेदेखि १३ औं पटक हात्तिपाइले रोग विरुद्धको औषधि खुवाइँदैछ । नागरिकहरुले औषधि नखाइदिँदा पटक पटक जिल्लामा अभियान चलाउनुपरेको भन्दै सरोकारवालाहरुले एक जनाको कारणले समग्र जिल्लालाई नै असर गरेकाले सबैले अनिवार्य औषधि खान अनुरोध गरेका थिए ।

यस्तै जैमिनी नगरपालिकाको आयोजना र सु–आहाराको सहयोगमा कोरोना खोप व्यवस्थापन र संक्रमण नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोहि गोष्टीसँगै भएको कार्यक्रममा सरोकारवालाहरुले खोप नलगाएका नागरिकहरुले अनिवार्य खोप लगाउने र स्थानीय तहले खोप लगाउन समन्वय गर्नुपर्ने बताएका छन् । सु–आहाराका जैमिनी नगरपालिका पोषण सहजकर्ता बलराम पौडेलले खोप लगाउन छुटेका नागरिकहरुलाई पालिकाले समन्वय गरेर खोप लगाउने व्यवस्था मिलाउन र अनिवार्य खोप लगाउने नागरिकहरुमा आग्रह गर्नुभयो ।

जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले कोरोनाको जोखिम र हात्तिपाइले रोग नियन्त्रण गर्न सबैको सहभागिता आवश्यक रहेको बताउनुभयो । नागरिकहरुको सामान्य हेलचेक्राईँले राज्यलाई ठुलो असर पार्ने हुँदा राज्यले दिएको यो निशुल्क सेवा लिन सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य शाखाका संयोजक आचार्यले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने शाखाकी स्टाफनर्स सुनिता चालिसे र जनस्वास्थ्य निरिक्षक तिर्थ पौडेलले सहजिकरण गर्नुभएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो