जैमिनीमा नेपाली कांग्रेसको “गाउँ जाऔँ” कार्यक्रम शुभारम्भ, कुश्मिसेरामा कोणसभा सम्पन्न

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २० फागुन २०७८ ।

नेपाली कांग्रेसले जैमिनीमा र्‍याली सहित कोणसभा कार्यक्रम गरेको छ । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेशसभा ख को आयोजनामा बिहिबार कुश्मिसेरामा कार्यक्रम सम्पन्न भएको हो ।

“तरुण जागौं, गाउँ जाऔँ, जनता जोगाउँ, कांग्रेस जिताऔँ” भन्ने नारा सहित सुरु गरिएको अभियानको कुश्मिसेराबाट शुभारम्भ गरिएको नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेशसभा ख का सभापति दल बहादुर श्रीस रानाले जानकारी दिनुभयो । नेपाली कांग्रेसलाई जनताको सँधै साथ रहेको र जनताहरुको मर्का बुझ्न कांग्रेस गाउँ गाउँमा जान थालेको उहाँको भनाई छ ।

कार्यक्रममा सहभागी वक्ताहरुले नेपाली कांग्रेस प्रति अझैपनि जनताको आस्था उत्तिकै रहेको भन्दै देशका कुना कुनामा गएर जनताको मर्का बुझ्नुपर्ने बताएका छन् । नेपाल तरुण दलको आयोजनामा कुश्मिसेरा बजारमा मोटरसाइकल र्‍याली समेत गरिएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो