सुन्तलाचौर मा.वि दमेकको बार्षिकोत्सवः २ वटा भवन उद्घाटन, अक्षयकोष स्थापना

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २३ फागुन २०७८ ।

सुन्तलाचौर माध्यामिक विद्यालय दमेकको ७१ औं बार्षिकोत्सव तथा अविभावक भेला सम्पन्न भएको छ । आइतबार बागलुङको जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलको विशेष उपस्थितिमा बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।

जैमिनी नगरपालिका वडा नं २ सुन्तलाचौरमा अवस्थित विद्यालयको शैक्षिक तथा प्रगति प्रतिवेदन पेश गर्दै विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद सापकोटाले विद्यालयलाई बिस्तारै प्रविधिमैत्री बनाउँदै लगिएको बताउनुभयो । विद्यालयमा आवश्यक सामान्य सामग्रीहरु अभाव नभएको भन्दै उहाँले विद्यालयको कोषमा केहि रकम मौज्दात रहेको प्रतिवेदन पेश गर्नुभएको छ ।

यस्तै सोहि अवसरमा राष्ट्रिय पुननिर्माण प्राधिकरण (शिक्षा)को सहयोगबाट बनेको ४ कोठे पक्की भवन र राष्ट्रपति शैक्षिक सुधार योजनाको सहयोगबाट बनेको सभाहल उद्घाटन भएको छ । ४ कोठे भवनको जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले र सभाहल जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले उद्घाटन गर्नुभयो । उद्घाटन पछि बोल्दै अधिकृत कोइरालाले विद्यालयले गरेको भौतिक र शैक्षिक प्रगति प्रशंसनीय रहेको भन्दै नगरपालिकाबाट थप सहयोग गर्ने आश्वासन दिनुभयो । यस्तै नगर प्रमुख पौडेलले विद्यालयको समग्र पक्ष राम्रो हुनका लागि शिक्षक देखि अविभावकसम्म उत्तिकै जिम्मेवार रहने भन्दै आगामी दिनमा अझै धेरै प्रगति चाहेको बताउनुभयो । विद्यालयमा भएका संरचनाले मात्रै गुणस्तरीय शिक्षा नहुने भन्दै उहाँले शैक्षिक क्षेत्रमा पनि विद्यालयको मेहनत रहेकोप्रति प्रशंसा गर्नुभयो ।

कार्यक्रममा जैमिनी नगरपालिका २ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले शिक्षकको लगनशिलता, विद्यार्थीको मेहनत र अविभावकहरुको चिन्तनले विद्यालय राम्रो बनेको बताउनुभयो । विद्यालयमा आफूहरुले सकेजती गरिरहेको भन्दै उहाँले सकेसम्म व्यवहारिक र प्रविधिमैत्री शिक्षा प्रदान गर्न सँधै तल्लिन रहेको बताउनुभयो ।

यता बार्षिकोत्सवको अवसरमा विद्यालयका पूर्व प्रधानाध्यापक नन्दलाल सापकोटाले एकलाख एक हजार एकसय एघार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । आफ्ना स्वर्गीय बाबु प्रेम प्रसाद सापकोटा र आमा भद्रकली सापकोटाको स्मृतिमा उहाँले प्रेमभद्र स्मृति अक्षयकोष स्थापना गर्नुभएको हो ।
अक्षयकोषको संरक्षकमा उहाँ सहित उहाँका दाजु ऋषिराम सापकोटा र भाइ गोविन्द प्रसाद सापकोटा रहनुभएको छ । अक्षयकोषबाट गरिव तथा जेहेन्दार विद्यार्थीहरुको शिक्षणमा खर्च गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रमको अवसरमा विद्यालयमा योगदान गर्ने बिभिन्न व्यक्तित्वहरुलाई मायाको चिनो, प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । विद्यालयमा सञ्चालित प्रतियोगिताहरुमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार पनि वितरण भएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो