बागलुङ, ४ चैत २०७८ ।
जैमिनीमा तीन दिने उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ, बागलुङको आयोजना र जैमिनी नगरपालिकाको समन्वयमा मंगलबारबाट सुरु भएको तालिम बिहिबार सम्पन्न भएको हो ।
तालिममा जैमिनी नगरपालिका भित्रका माध्यामिक तह संचालन भएका १८ विद्यालयका दुई दुई जनाको दरले ३६ जना विद्यार्थी सहभागी रहेको नेपाल पत्रकार महासंघका सचिव विजय रानाले जानकारी दिनुभयो ।
तालिम समापनको अवसरमा बोल्दै जैमिनी नगरपालिकाका नगरप्रमुख इन्द्रराज पौडेलले समाजलाई सु-सूचित गराउन पत्रकार जगतको भूमिका महत्वपूणर् रहने भएकाले सिकेको सिपलाई व्यवहारमा ल्याउन आग्रह गर्नुभयो । सत्यतथ्य समाचारले काम गरेकालाई प्रेरणा र नराम्रो गर्नेलाई कारवाहीको दायरामा समेत लैजाने भएकाले सत्यतथ्य समाचार सम्प्रेशणमा जोड दिँदै उहाँले पत्रकारिता जगतले आम नागरिकको समस्या बोल्नुपर्ने बताउनुभयो ।

तालिममा उद्घोषण, समाचार लेखन र फोटो पत्रकारिता सम्बन्धी जानकारी गराइएको थियो । समापनको अवसरमा तालिममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।


प्रतिक्रिया दिनुहाेस्