जैमिनीमा एक पुरुषले झुण्डिएर आत्महत्या गरे, हराएको १० दिनपछि मृत फेला

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ५ चैत २०७८ ।

जैमिनीमा एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन्  । बागलुङको जैमिनी नगरपालिका २ दमेक काउलेका ४६ बर्षीय टंक बहादुर जिसीले घर नजिकै रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

मृतक जिसी गत फागुन २५ गतेदेखि नै हराइरहेको र घर नजिकै गन्ध फैलिएपछि खोजी गर्दा शनिबार रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी निरिक्षक तथा सूचना अधिकारी विजय भण्डारीले जिल्लाखबर डटकमलाई जानकारी दिनुभयो । घरमूनि अम्रिसोको झाँङ भएको र घरबाट करिव आठ सय मिटर पश्चिमपट्टी घरबाट नदेखिने ठाउँमा झण्डिएको अवस्थामा जिसीको सव फेला परेको सूचना अधिकारी भण्डारीले बताउनुभयो ।

उनले के कारणले आत्महत्या गरे भन्ने खुलिसकेको छैन तर घटनास्थलबाट प्रहरीले दुईवटा रक्सीका बोतल र घाँस काट्ने हँसिया फेला पारेको जनाएको छ । उनि घाँस काट्न आएर आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

मृतकको शव पोष्टमार्टमको लागि धौलागिरी अस्पताल बागलुङ लगिएको छ । उनि यस अघिपनि श्रीमतीसँग सामान्य झगडा पर्दा घर छोडेर हिँड्ने र केहि दिनपछि घर आउने गरेको परिवारलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यलय बागलुङले जनाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो