जैमिनीमा राष्ट्रिय जनमोर्चाकाे भेला सम्पन्न, संघियता देशमा घाँडो भयोः के.स. ढुङ्गाना

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ६ चैत २०७८ ।

राष्ट्रिय जनमोर्चा जैमिनी नगरपालिकाको कार्यकर्ता भेला सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुङ्गानाको प्रमुख आतिथ्यतामा शनिबार भेला सम्पन्न भएको हो ।

आउँदै गरेको चुनावलाई लक्षित गरिएको भेलाले जैमिनी नगरपालिकामा स्थानीय निर्वाचनका लागि भगिन्द्र कुमार थापा विरेन्द्रको संयोजकत्वमा १९ सदस्यीय सचिवालय सहित पाँच सय एक सदस्यीय निर्वाचन प्रचारप्रसार समिति, डिल बहादुर श्रीसको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति, नर बहादुर पुनको संयोजकत्वमा ७ सदस्यीय मूल परिचालन समिति र पुणर् थापाको संयोजकत्वमा ११ सदस्यीय स्वंयसेवक परि गठन गरिएको राष्ट्रिय जनमोर्चा जैमिनी नगरपालिका अध्यक्ष डिल बहादृुर श्रीसले जानकारी दिनुभयो ।

भेलाले चैत्र ८ गते देखि १६ गतेसम्म जैमिनी नगरपालिकाका १० वटै वडामा वडा भेला गरिसक्ने र जनवर्गीय संगठनहरुको भेला समेत सक्ने निणर्य गरेको छ ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र ढुङ्गानाले नेपालमा संघियता असफल भैसकेको भन्दै अब देशले संघियता धान्न नसक्ने बताउनुभयो । अहिले जनताहरुले समेत संघियताको असफलता भएको बुझिसकेकाले देशमा संघियताको भारी बोकाइराख्न नहुने भन्दै उहाँले यसबारे जनता चेतनशिल हुनुपर्नेमा जोड दिनुभयो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो