निसीखोलामा पीकअप दुर्घटना हुँदा एकजनाको ज्यान गयो, थप विवरण आउन बाँकी

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १५ चैत २०७८ । 

बागलुङको निसीखोलामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ । मंगलबार साँझ निसीखोला गाउँपालिकाको निसीबाट बुर्तिबाङ तर्फ जाँदै गरेको लु १ च ९४८० नम्बरकको पीकअप जीप निसीखोला गाउँपालिका–२ थारुखोलामा दुर्घटना हुँदा ढोरपाटन नगरपालिका वडा नम्बर १ का ४७ वर्षीय ऋतुवर्ण पौडेलको मुत्यु भएको हाे ।

 पीकअप जीप सडकदेखि १ सय ५० मिटर तल खोलामा खसेको र अर्का एकजना गम्भीर घाइते भएकाे इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिनुभयो । घाइते रुपन्देहीकाे तिलोत्तमा नगरपालिकाका ३८ बर्षीय सुरेश थापालाई उपचारका लागि धौलागिरी अस्पताल बागलुङ पठाइएकाे उहाँकाे भनाई छ ।

मृतक पाैडेल नेकपा एमाले ढोरपाटन नगर कमिटिका अध्यक्ष रहेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनाकाे थप विवरण आउन बाँकी छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो