आगामी वैशाख २ देखि संस्थागत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट मात्र हुने

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाैं,२५ चैत २०७८ ।

आगामी वैशाख २ देखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र हुने भएकाे छ ।

वैदेशिक रोजगार कार्यालय काठमाडाैंले संस्थागत श्रम स्वीकृतिको काम पनि अब अनलाइन प्रणालीबाट मात्र हुने व्यवस्था गरेको हाे । हालसम्म कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ । आउँदो वैशाख २ गतेदेखि भने अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिनुभयो । संस्थागत श्रम स्वीकृतिका लागि म्यानपावर व्यवसायी वा उनीहरुका प्रतिनिधि कार्यालयमा आउने गरेकामा यो व्यवस्थासँगै कार्यालयमा भौतिक उपस्थिति विना नै संस्थागत श्रम स्वीकृतिको व्यवस्था गरिएको हो ।

 

कार्यालयले गएको माघदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिँदै आएको छ । पुनः श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र हुन थालेसँगै दैनिक एक हजारभन्दा धेरै सेवाग्राहीले कार्यालयमा उपस्थित नभइ अनलाइनबाटै सेवा लिँदै आएका छन् । श्रम स्वीकृतिलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाइ छिटो, छरितो र पारदर्शी रुपमा सेवाप्रवाह गर्न यो व्यवस्था मिलाइएको अर्यालले जानकारी गराउनुभयाे ।

 

आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट छिटो छरितो रुपमा गुनासोरहित सेवा प्रदान गर्न मन्त्रालयले दिएको निर्देशनअनुसार पुनः श्रम स्वीकृतिसँगै संस्थागत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट गर्न लागिएको कार्यालय प्रमुख अर्यालको भनाइ छ । यस्तै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहज र सरल तरिकाबाट सेवा प्रदान गर्ने नीति अनुसार अनलाइन प्रणालीको विकास गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठकाे भनाइ छ ।

 

कागजातहरु जाँच गर्न समय लाग्ने तथा कहिलेकाहीँ सर्भरको समस्या हुनसक्ने भएकाले तीन दिनअघि नै संस्थागत श्रम स्वीकृतिका लागि अनलाइनमा आवेदन दिन इजाजत पत्रवाला म्यानपावर कम्पनी र सरोकारवालाहरूलाई कार्यालयले अनुरोध समेत गरेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो