बरेङको लिउँवामा एक घर फोरियोः स्थानीय रातभर जागा, चोरीको प्रकृति जैमिनीको जस्तै

याे सामग्री सेअर गर्नुहाेस्

 

बागलुङ, २७ चैत २०७८ ।

बागलुङको लिउँवामा एक घर तोडफोड भएको छ । शनिबार राति बरेङ गाउँपालिका १ धुल्लुबाँस्कोट लिउँवाको कुल बहादुर क्षेत्रीको घरमा तोडफोड भएको हो ।

राति करिव साँढे १० बजे घर फोरिएको थाहा पाएपछि छिमेकीहरूले उठेर हेर्दा चोर भागेको थियो । चोरले आँटीमा गएर दराज फोर्ने र मदुस चोरेर बाहिर फालेको पाइएको छ । दराज र मदुसमा बहुमूल्य सामान तथा नगद नभएकाले चोरले केहि लान नपाएको लिउँवाबाट शिक्षक तारा प्रसाद पौडेलले जानकारी दिनुभयो । फाेरिएकाे घरमा मानिस बस्ने गरेका थिएनन् ।

लिउँवामा चोर आएको थाहा पाएपछि धुल्लुबाँस्कोटको लिउँवा, चित्रे, मझुवा, लुरुङ लगाएतका स्थानीयहरुले रातभर चोरको खोजि गरेपनि फेला नपारेको बताइएको छ । स्थानीयहरु रातभर जागाराम बसेपछि अन्य घरमा भने क्षति गर्न नसकेको शिक्षक पौडेलले बताउनुभयो ।

चोरीको प्रकृति हेर्दा जैमिनी नगरपालिकामा भएको जस्तै देखिएको छ । यसअघि बिहिबार राति जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा बिभिन्न घर तथा कार्यलय सहित ११ ठाउँमा चोरी र तोडफोड भएको थियो भने शुक्रबार राति जैमिनी नगरपालिका ९ पैञ्युँथन्थापमा वडा कार्यलय सहित ११ ठाउँमा चोरी र तोडफोड भएको थियो ।

जैमिनीमा चोरी गर्ने गिरोह नै बरेङ गाउँपालिका छिरेको हुनसक्ने प्रहरीले जनाएको छ । श्रीङ्खलावद्ध रुपमा चोरी गर्ने गिरोह नै हुनसक्ने अनुमान गरिएपनि चोरी गर्ने ठाउँमा भने एक जना मात्रै देखिएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो