बाहिर प्रचार गरिएजस्तो अर्थतन्त्रमा कुनै पनि सङ्कट आएको छैनः अर्थमन्त्री शर्मा

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाैं, २८ चैत २०७८ ।

देशकाे अर्थतन्त्रमा कुनै पनि सङ्कट नआएको अर्थमन्त्री जनार्दन शर्माले दाबी गर्नुभएकाे छ ।

अर्थ मन्त्री शर्माले नेपालकाे अर्थतन्त्रमा हाल कुनै किसिमकाे सङ्कट नआएको दाबी गर्नुभएकाे हाे । आयात बढेर अर्थतन्त्र दबाबमा आएको भए पनि बाहिर प्रचार गरिएजस्तो सङ्कट भने नआएको अर्थ मन्त्रालयमा साेमवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले जानकारी गराउनुभयाे ।  बताउनुभयो । अहिलेसम्म उपलब्ध विवरणका आधारमा पनि अर्थतन्त्रमा ठूलो सङ्कट नआएको मन्त्री शर्माकाे भनाइ छ ।

 

गत वर्षको तुलनामा आयात ३३ दशमलव ९ प्रतिशत र निर्यात ७२ दशमलव ८ प्रतिशत बढेको जानकारी दिँदै विश्व बजारमा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले व्यापार घाटामा चाप पैदा गरेको उहाँले बताउनुयो ।  नागरिक र व्यवसायीलाई हतोत्साहित गर्ने गरी नकारात्मक प्रचारबाजी नगर्न पनि शर्माकाे आग्रह छ ।

 

अर्थतन्त्रमा राजनीतिकरण गर्न नहुने भन्दै अहिले अर्थतन्त्रलाई लिएर सुरु भएको राजनीतिले देशलाई घाटा गर्ने भन्दै अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने मन्त्री शर्माले बताउनुभयाे ।

 

सतर्क भएर जान अर्थ मन्त्रालय लागेको भन्दै सङ्कट टार्नका लागि विभिन्न निर्णय गर्न मन्त्रिपरिषदमा प्रस्ताव पुगेको समेत अर्थमन्त्री शर्माले  जानकारी गराउनुभयाे ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो