सुनकाे भाउ निरन्तर उकालाे लाग्दै, प्रतिताेला एकलाख नाघ्याे,चाँदि पनि महंगीयाे

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाैं, ३० चैत २०७८ । 

सुनकाे भाउ निरन्तर उकालाे लाग्न थालेकाे छ ।

 

बुधवार पनि भाउ फेरि बढेर प्रतिताेला एकलाख भन्दा माथिनै कायम भएकाे हाे ।  हिजो तोलामा ८ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढेर एक लाख १ हजार ५ सय रुपैयाँ कायम भएकाे छ ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको हाे ।

 

यस्तै, आज चाँदीको भाउ पनि बढेकाे छ । बुधवार चाँदी तोलाको १४ सय रुपैयाँ कायम भएकाे छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो भने बुधवार २० रूपैयाँ बढेर १४ सय रूपैया पुगेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो