जैमिनीमा निर्वाचन अधिकृतको कार्यलय स्थापना, राजनीतिक दलहरुसँग सर्वदलीय छलफल

याे सामग्री सेअर गर्नुहाेस्

 

बागलुङ, ८ बैशाख २०७९ ।

जैमिनीमा निर्वाचन अधिकृतको कार्यलय स्थापना भएको छ । बिहिबार बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा निर्वाचन अधिकृतको कार्यलय स्थापना गरिएको हो ।

स्थानीय तहको निर्वाचन २०७९ का लागि जैमिनी नगरपालिकामा निर्वाचन अधिकृतको कार्यलय स्थापना गरिएको निर्वाचन अधिकृत सुर्य प्रसाद भण्डारीले जानकारी दिनुभयो । कार्यलय स्थापना भएपछि अब निर्वाचन सम्बन्धी नियमित कामहरु गरिनेछ ।

कार्यलय स्थापना गरिएसँगै कार्यलयले जैमिनीमा रहेका राजनीतिक दलहरुसँग सर्वदलीय बैठक पनि गरेको छ । कार्यलय स्थापना भएको जानकारी दिन, निर्वाचन कार्यतालिका जानकारी गराउन र निर्वाचन आचारसंहिता लगाएतका विषयमा दलहरुलाई सचेत गराउन सर्वदलीय बैठक गरिएको निर्वाचन अधिकृत भण्डारीले बताउनुभयो । बैठकमा राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रतिनिधिहरु सहभागी भएका थिए ।

नेपालमा यहि बैशाख ३० गते स्थानीय तहको निर्वचन हुँदैछ । निर्वाचनको लागि ११ गतेदेखि उम्मेदवारी दर्ता सहितका कार्यक्रमहरु सञ्चालन हुनेछ । निर्वाचन अधिकृतकाे कार्यलय साविककाे कुश्मिसेरा गा्रवि्रस तथा हालकाे जैमिनी नगरपालिका १ नं वडा कार्यलयमा रहेकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो