यो बर्षको एसईई परीक्षाः जैमिनीमा ४ वटा परीक्षा केन्द्र, ३ सय ९५ परीक्षार्थी

याे सामग्री सेअर गर्नुहाेस्

 

बागलुङ, १९ बैशाख २०७९ ।

देशभर माध्यामिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुँदा बागलुङको जैमिनी नगरपालिकामा पनि शुक्रबार अंग्रेजी विषयको परीक्षा भएको छ । जैमिनी नगरपालिकाका चारवटा परीक्षा केन्द्रहरुमा परीक्षा संचालन भएको हो ।

नगरपालिकाका चारवटा परीक्षा केन्द्रमा जम्मा ३ सय ९५ जना विद्यार्थीले परीक्षा दिएका छन् । शान्ति माध्यामिक विद्यालय कुश्मिसेरा परीक्षा केन्द्रमा सात वटा विद्यालयका १ सय ८२ जना, जनता माध्यामिक विद्यालय सर्कुवा परीक्षा केन्द्रमा चार विद्यालयका ८४ जना, जनता माध्यामिक विद्यालय राङखानी पाही परीक्षा केन्द्रमा चार वटा विद्यालयका ३४ जना र सँस्कृत माध्यामिक विद्यालय बेलबगर परीक्षा केन्द्रमा तीन वटा विद्यालयका ९५ जना विद्यार्थीले परीक्षा दिएका छन् ।

जैमिनी भरबाट ४ सय ६८ जना फाराम भरेका भएपनि ३ सय ९५ जना विद्यार्थी मात्रै जैमिनीका परीक्षा केन्द्रहरुबाट परीक्षा दिइरहेका छन् । फारम भरेका मध्ये केहि प्राविधिक विषयको परीक्षा दिन र ग्रेडवृद्धि वा पुरकको परिक्षा दिन जिल्ला सदरमुकाम बागलुङ बजार गएको कारण र केहिले फाराम भरेपनि परीक्षा दिन नआएको कारण फारम भरेका भन्दा परीक्षार्थी कम भएको सँस्कृत माध्यामिक विद्यालय बेलबगरका केन्द्राध्यक्ष अरुण चालिसेले जानकारी दिनुभयो ।

चारवटै परीक्षा केन्द्रमा पहिलो दिनको परीक्षा मर्यादित र शान्त रुपले सम्पन्न भएको छ । शान्ति माध्यामिक विद्यालय कुश्मिसेरामा प्रधानाध्यापक यम बहादुर जिसी, जनता माध्यामिक विद्यालय सर्कुवामा प्रधानाध्यापक चन्द्रकान्त आचार्य, जनता माध्यामिक विद्यालय राङ्खानी पाहीमा प्रधानाध्यापक नवीन प्रताप जिसी र सँस्कृत माध्यामिक विद्यालय बेलवगरमा प्रधानाध्यापक अरुण चालिसे केन्द्राध्यक्ष रहनुभएको छ ।

विगत दुई बर्षदेखि कोरोनाका कारण स्थगित भएको परिक्षा यो बर्ष भौतिक उपस्थितिमा नै भैरहेको छ । यसअघिका दुई बर्षमा विद्यालयले नै आन्तरिक मूल्याङ्कन गरेर पठाएको अंकका आधारमा राष्ट्रिय परिक्षा बोर्डले नतिजा सार्वजनिक गरेको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो