जैमिनीको उप प्रमुखमा उम्मेदवारी दिएकी रुद्राले उम्मेदवारी फिर्ता लिने, यस्तो छ कारण

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ११ बैशाख २०७९ ।

जैमिनीको उप प्रमुखमा उम्मेदवारी दिएकी रुद्रा कुमारी रोका क्षेत्रीले उम्मेदवारी फिर्ता लिनुहुने भएको छ । आइतबार दिउँसो बागलुङको जैमिनी नगरपालिकाको उप प्रमुख पदमा उम्मेदवारी दिनुभएकी क्षेत्रीले उम्मेदवारी फिर्ता लिन लाग्नुभएको हो ।

यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाकी नेतृ तथा निवर्तमान जैमिनी नगरपालिका वडा नं ५ का वडा सदस्य तथा कार्यपालिका सदस्य क्षेत्रीले पदबाट राजीनामा दिएर कसैको सल्लाहबिना स्वतन्त्रबाट उप प्रमुख पदमा उम्मेदवारी दर्ता गराएको बताउनुभएको छ । पार्टीको नीति विपरित र आफ्नो हिसाबबाट उम्मेदवारी दिएको र यसले समग्र पार्टीलाई नै असर गर्ने भएकाले आफूले उम्मेदवारी फिर्ता लिने निणर्य गरेको क्षेत्रीले बताउनुभयो ।

“मलाई कसैले उक्साएको पनि होइन, पार्टीमा सल्लाह गरेको पनि होइन, कुनै गठबन्धनलाई असर पारुँ वा हराउँ भन्ने मनसायले पनि मैले उम्मेदवारी दिएकी होइन” उहाँले जिल्लाखबर डटकमसँगको कुराकानीमा भन्नुभयो “मैले आफ्नै तरिकाले उम्मेदवार दिउकी हुँ पछि पार्टीलाई असर हुने ठानेँ र फिर्ता लिने निर्णय गरेँ ।”

अहिले गठबन्धनको चर्चा चलिरहेको र नगर प्रमुख जनमोर्चाले पाउने चर्चा हुँदा आफ्नो उम्मेदवारीले समग्र गठबन्धनलाई नै असर हुनसक्ने भन्दै उहाँले आत्मालोचना गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उहाँले भ्रममा नपर्न सबैलाई आग्रह गर्नुभएको छ ।

 

उहाँकाे स्टाटस यस्ताे छ । 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो