जैमिनीमा प्रमुख र उप-प्रमुख पदका लागि क-कसले उम्मेदवारी दिए ? हेर्नुहोस्

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १३ बैशाख २०७८ ।

बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि बागलुङकाे जैमिनीमा नगर प्रमुख पदका लागि ६ जना र उप प्रमुख पदका लागि ५ जनाकाे उम्मेदवारी परेकाे छ । आइतबार र सोमबार उम्मेदवारी दिने समयमा नगर प्रमुखमा ६ र उप प्रमुखमा ५  सहित ११ जनाको उम्मेदवारी परेको हो ।

जैमिनीमा सत्ता गठबन्धनको तर्फबाट नगर प्रमुखमा राष्ट्रिय जनमोर्चाका नेता नर बहादुर पुन र उप प्रमखमा नेपाली कांग्रेसका नेता हरिहर शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपा एमालेको तर्फबाट नगर प्रमुखका लागि लिला राना र उप प्रमुखका लागि उषा पौडेलको उम्मेदवारी परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट नगर प्रमुख पदमा निर्मला बानियाँ क्षेत्री सापकोटा र उप प्रमुख पदमा चिना केसीको उम्मेदवारी परेको जैमिनी नगरपालिकाका निर्वाचन अधिकृत सुर्य प्रसाद भण्डारीले जानकारी दिनुभयो । नेपाली कांग्रेस (विपी) बाट काशिराम आचार्यको नगर प्रमुख पदमा उम्मेदवारी परेको छ ।

यस्तै स्वतन्त्रबाट नगर प्रमुख पदमा जयराम आचार्य र शिवलाल सापकोटाको उम्मेदवारी परेको छ भने उप प्रमुखमा रुद्रा कुमारी रोका क्षेत्री र कृष्ण राज पौडेलको उम्मेदवारी परेको छ । जैमिनीमा पाँच दलीय गठबन्धन भएपनि अधिकांश वडाबाट स्वतन्त्र उम्मेदवारी परेको छ ।

६ जना मेयर र ५ जना उप मेयर सहित १ सय ४८ जनाको बिभिन्न पदमा उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो