जैमिनीमा तीन जनाको उम्मेदवारी रद्ध, क-कसको भयो ? यस्तो छ कारण

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १५ बैशाख २०७८ ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जैमिनी नगरपालिकाको बिभिन्न पदमा उम्मेदवारी दिएकामध्ये ३ जनाको उम्मेदवारी रद्ध भएको छ । नगर प्रमुख, उप प्रमुख वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदमा १ सय ४८ जनाले उम्मेदवारी दिएकोमा तीन जनाको उम्मेदवारी रद्ध भएको हो ।

वडा नं २ को महिला सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिनुभएकी माया सापकोटा र वडा नं ५ को वडाध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दिनुभएका दल बहादुर विकको समानुपातिकको बन्द सूचिमा नाम भएकाले उम्मेदवारी रद्ध भएको निर्वाचन अधिकृत सुर्य प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

यस्तै राप्रपाबाट वडा नं ६ को वडाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका यम बहादुर क्षेत्रीको मतदाता नामावलीमा नाम नभेटिएको पाइएको छ । उम्मेदवारी दर्ता गराउने समयमा क्षेत्रीले मिल्दोजुल्दो विवरण ल्याएको र दर्ता भएको तर मनोनयनपत्र जाँच गर्ने क्रममा उहाँको मतदाता नामावली सो वडामा नभेटिएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

तीन जनाको उम्मेदवारी रद्ध भएसंगै अहिले १ सय ४५जनाको मनोनयन सूचि प्रकाशन गरिएको छ । यो सूचि उम्मेदवारी फिर्ता लिनुभन्दा अगाडिको अन्तिम नामावली भएको र शुक्रबार उम्मेदवारी फिर्ता लिने समय तोकिएको निर्वाचन अधिकृत भण्डारीले बताउनुभयो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो