जैमिनीको प्रमुख पदका उम्मेदवार आचार्यको उम्मेदवारी फिर्ता, गठबन्धनलाई समर्थन

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १७ बैशाख २०७९ ।

जैमिनीमा नगर प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका जयराम आचार्यले आफ्नो एजेण्डा प्रस्तुत गर्दै उम्मेदवारी फिर्ता लिनुभएको छ । शुक्रबार उम्मेदवारी फिर्ता लिने समयमा आफ्नो एजेण्डा कार्यन्वयन गर्न आग्रह गर्दै उहाँले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

पाँच दलीय गठबन्धनले आफ्नो एजेण्डा लागु गर्न सक्ने भएकाले आफूले गठबन्धनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको आचार्यले बताउनुभयो । आफूले नगर प्रमुख पदमा उम्मेदवारी दिएपछि ३४ बुँदे नगर विकास घोषणा पत्र सार्वजनिक गरेको र सो को पालना गर्न अनुरोध गर्दै उहाँले गठबन्धनलाई समर्थन सहित घोषणा पत्र समेत हस्तान्तरण गर्नुभएको छ ।

गठबन्धनबाट नगर प्रमुखमा उम्मेदवारी दिनुभएका नर बहादुर पुन र उप प्रमखमा उम्मेदवारी दिनुभएका हरिहर शर्मालाई खादा लगाएर शुभकामना दिँदै उहाँले आफ्नो घोषणापत्रमा भएका राम्रा कामहरु कार्यन्वयन गर्न आग्रह गर्नुभएको छ ।

आफ्ना समर्थकहरुसँग माफी माग्दै आचार्यले यो पटक गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । जनताहरुले चाहेमा भोलिका दिन आफूले सेवा गर्ने उहाँको भनाई छ ।

यस्तै स्वतन्त्रबाट नगर प्रमुख पदका लागि उम्मेदवारी दिनुभएका शिवलाल सापकोटाले पनि उम्मेदवारी फिर्ता दिनुभएको छ । गठबन्धनलाई नै समर्थन गर्दै उहाँले उम्मेदवारी फिर्ता लिएको जानकारी दिनुभयो ।
यता नगर उप प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका कृष्णराज शर्मा र रुद्रा कुमारी रोका क्षेत्रीले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ । उहाँहरुले पनि गठबन्धनलाई नै सहयोग गर्नेगरी उम्मेदवारी फिर्ता लिएको जानकारी गराउनुभएको छ । जैमिनीमा उम्मेदवारी दिएका १ सय ४८ जनामध्ये ३ जनाको रद्ध भएको छ भने ११जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

यहि बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तह चुनावमा जैमिनीमा एक जना नगर प्रमुख, एक जना उप प्रमुख, १० वटा वडा रहेको जैमिनीमा एक एक जना वडा अध्यक्ष गरी १० जना, दुई जना वडा सदस्य गरी २० जना, एक एक जना दलित महिला सदस्य गरी १० जना र एक एक जना महिला सदस्य गरी १० जना सहित ५२ पदका लागि १ सय ३४ जनाको प्रतिष्पर्धा हुनेछ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो