जैमिनीका प्रमुख र उप प्रमुखका उम्मेदवार एकै ठाउँमा, शुभेक्षा एफएमले जुरायो मौका

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १९ बैशाख २०७९ ।

जैमिनीका प्रमुख र उप प्रमुखका उम्मेदवारले एउटै मञ्चबाट आफ्नो चुनावी एजेन्डा सुनाएका छन् । शुभेक्षा एफएम ९६.६ मेगाहर्ज कुश्मिसेराको आयोजनामा आइतबार उम्मेदवारको चुनावी एजेन्डा सम्बन्धी भएको अन्तरक्रिया कार्यक्रममा उनिहरुले एकै ठाउँबाट आफ्नो एजेन्डा सुनाएका हुन् ।

उम्मेदवारहरुको एजेण्डा र पुरा गर्ने आधार सहित नगरवासीहरुले प्रश्न गर्ने कार्यक्रममा जैमिनी नगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट नगर प्रमुखका उम्मेदवार राष्ट्रिय जनमोर्चाका नेता नर बहादुर पुन, उप प्रमखका उम्मेदवार नेपाली कांग्रेसका नेता हरिहर शर्मा, नेकपा एमालेको तर्फबाट नगर प्रमुखका उम्मेदवार लिला राना, उप प्रमुखका उम्मेदवार उषा पौडेल, नेपाली कांग्रेस (विपी) बाट नगर प्रमुखका उम्मेदवार काशिराम आचार्य र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट नगर प्रमुख पदमा उम्मेदवारी दिनुभएका निर्मला बानियाँ क्षेत्री सापकोटा र उप पदका उम्मेदवार चिना केसीको तर्फबाट प्रतिनिधि पुणर्ेन्द्र सापकोटा उपस्थित हुनुभएको थियो ।

कार्यक्रममा सत्ता गठबन्धनको तर्फबाट नगर प्रमुखको उम्मेदवार बन्नुभएका नर बहादुर पुनले आफूहरुले प्राथमिकताको आधारमा विज्ञहरुको सुझाव सहित मात्रै योजना बनाउने बताउनुभयो । आफूहरु सबै कुरामा पोख्त हुन नसक्ने भन्दै उहाँले जनप्रतिनिधिले कानुनी बाटो फुकाइदिने र विज्ञले योजना बनाउने बताउनुभयो ।

यस्तै नेकपा एमालेको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार लिला रानाले यस अघि उप प्रमुख भएर काम गरेको अनुभव सुनाउँदै जनताका आवश्यकताहरु पहिचान भएको र त्इसैलाई अगाडि बढाउने बताउनुभयो । सडक पूर्वाधार देखि कृषि पशु, स्वास्थ्य र शिक्षा सम्मका सेवालाई नागरिक तहसम्म सहज पहुँचमा पुर्‍याउने भन्दै उहाँले नगरपालिकालाई कस्तो बनाउने भन्ने आफूसँग स्पष्ट खाका रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस (विपी)का नगर प्रमुख पदका उम्मेदवार काशिराम आचार्यले कृषि सहकारी र पर्यटन आफ्नो मुख्य एजेन्डा रहेको बताउनुभयो । नगर विकास गर्न कृषि र पर्यटनलार्य मूख्य प्राथमिकता दिएर काम गर्न सके जैमिनीको विकासमा टेवा पुग्ने भन्दै उहाँले कुश्मिसेरा नजिक पौडी पोखरी बनाउने र अहिलेका पर्यटकीय स्थलहरुको थप विकास गर्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार निर्मला बानियाँ क्षेत्री सापकोटाको तर्फबाट प्रतिनिधि आउनुभएका पुणर्ेन्द्र सापकोटाले अहिले भइरहेको विकासलाई निरन्तरता र व्यवस्थित गर्ने र भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने बताउनुभयो । असम्भव हुने सपना जनतालाई बाँड्नु राम्रो नभएको भन्दै उहाँले आएका बजेटलाई जनमूखि हुनेगरी परिचालन गर्ने र कार्यन्वयन गर्ने बताउनुभयो ।

कार्यक्रममा एमालेको तर्फबाट नगर उप प्रमुखमा उम्मेदवारी दिनुभएकी उषा पौडेलले मुख्यगरी महिलाको समस्या र स्वास्थ्यमा बढी जोड दिने बताउनुभयो । महिला अधिकार र कानुन मुख्य एजेन्डा रहेको भन्दै उहाँले जैमिनीमा स्वास्थ्य समस्याबाट कुनै महिलाले ज्यान फाल्न नपर्ने अवस्था ल्याउने बताउनुभयो ।

यस्तै ५ दलीय गठबन्धनको तर्फबाट नगर उप प्रमुखमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका नेता हरिहर शर्माले आफ्नो अधिकार र दायित्व क्षेत्रभित्र परेका काम कारवाहीहरुलाई कुशलतापूर्वक जनमूखि ढंगबाट सम्पन्न गर्ने बताउनुभयो । शिक्षा, स्वास्थ्य, यातयात, कृषि सबैलाई प्राथमिकता दिनुपर्ने भन्दै उहाँले अहिले ठुलो सपना देख्नुभनदा जनताको आवश्यकता र कृषिलाई मूख्य आयआर्जनको रुपमा व्यवस्थित गर्ने बताउनुभयो ।

कार्यक्रममा नागरिकहरुले आगामी ५ बर्ष नगरपालिकालाई कस्तो बनाउन सकिन्छ ? नगर विकासको लागि स्पष्ट खाका के छ भनेर प्रश्न गरेका थिए । प्रश्नको जवाफमा उम्मेदवारहरुले जन चाहना अनुरुप काम गर्ने बताएका छन् ।

जैमिनी नगरपालिकाको दश वटै वडामा नागरिकहरुको आवश्यकता अनुसार शिक्षा र स्वास्थ्यलाई सबै उम्मेदवारहरुले प्राथमिकता दिएका छन् । जैमिनीमा कृषिमा व्यवसायिकता ल्याउने, बाँदर नियन्त्रण गर्ने र बसाईसराई रोक्ने उम्मेदवारहरुको प्रमुख एजेन्डाको रुपमा रहेको छ । उनिहरुले आफूले जनताको अमूल्य मत पाएमा त्यो मदको कदर गर्ने र जनताको चाहना अनुरुप काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

जैमिनीका उम्मेदवारहरुको एजेन्डा जनतासम्म पुर्‍याउन र जनताका सुझावहरु उम्मेदवारलाई दिन यो कार्यक्रमको आयोजना गरिएको शुभेक्षा एफ एम कुश्मिसेराकी अध्यक्ष तथा स्टेशन म्यानेजर सन्ध्या आचार्यले बताउनुभयो । उम्मेदवारहरुले मतदाता प्रभावित हुने खालको घोषणापत्र बनाउने तर ती योजनाहरु पुरा गर्ने आधार दिन नसक्ने समस्यालाई निरुत्साहित गर्न पनि एजेन्डा र पुरा गर्ने आधार सहित जनतासँग प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम राखिएको उहाँको भनाई छ ।

कतिपय उम्मेदवारहरुविच मनमुटाव र मतभेद हुने गरेको नकारात्मक पक्षलाई निरुत्साहित पार्न एकै ठाउँबाट जनतासम्म एजेन्डा सुनाउने व्यवस्था मिलाइएको एफएमका प्रवन्ध निर्देशक सुजन प्रेमीले बताउनुभयो । उम्मेदवारविच पनि आत्मियता बढोस् भन्ने उद्देश्यले अन्तरघुलन कार्यक्रम बनाएको भन्दै उहाँले यो कार्यक्रमले एक उम्मेदवारको योजना अर्को उम्मेदवारको पनि प्राथमिकतामा पर्न सक्ने भएकाले जनमूखि योजना छनोट हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमको शुभेक्षा एफएम ९६.६ मेगाहर्ज र जिल्लाखबर डटकमबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार