मतदानकाे दिन पनि पानी पर्ने सम्भावना, यस्ताे छ माैसमी तालिका

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, २५ बैशाख २०७९ ।

मतदानकाे दिन पनि पानी पर्ने सम्भावना देखिएकाे छ । बङ्गालको खाडीमा चक्रवात विकसित हुने क्रममा रहेकाले सको केही प्रभावले चुनावका दिन पानी सम्भावना देखिएकाे हाे ।

मतदान हुने दिन शुक्रवार देशका मध्य र पूर्वी क्षेत्रमा पानी पर्ने अनुमान रहेको मौसमविद् विष्णु घिमिरेले जानकारी दिनुभयो । आउँदो शुक्रवार हुने पालिका चुनावका दिन पनि पानी पर्ने सम्भावना भएकाले साे अनुसार तयारी गरेर मतदान गर्न जान उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।

यसैबीच, आज पनि वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश-१ का केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । अन्य प्रदेशका एक/दुई ठाउँमा मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो