जैमिनीमा निर्वाचनको तयारी पुरा, २८ मतदान स्थलबाट मतदान हुँदै

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २९ बैशाख २०७९ ।

जैमिनीमा निर्वाचनको तयारी पुरा भएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गराउन जैमिनीमा तयारी पुरा भएको हो ।

मतदान केन्द्र र मतदान स्थल सहित आवश्यक ठाउँमा भौतिक पूर्वाधारहरुको समेत व्यवस्था गरिएकोे जैमिनी नगरपालिकाका निर्वाचन अधिकृत सुर्य प्रसाद भण्डारीले जानकारी दिनुभयो । मतदान अधिकृत सहित सबै कर्मचारी र सुरक्षा कर्मीहरु मतदान केन्द्रमा तैनाथ रहेको उहाँको भनाई छ ।

जैमिनी नगरपालिकाको १० वटै वडामा रहेको मतदान स्थल र केन्द्रहरुमा आवश्यक सुरक्षा व्यवस्था मिलाइएकाले मतदानको दिन ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई उहाँले आग्रह गर्नुभयो । ११ वटा मतदान केन्द्रमा २८ वटा मतदान स्थल रहेको उहाँको भनाई छ ।

नयाँ बनेका तथा पुन बनाइएका मतदाता परिचयपत्र पनि बुधबार र बिहिबार सम्बन्धीत मतदान केन्द्रबाट नै वितरण भएको थियो । जैमिनीमा ५२ पदका लागि १ सय ३४ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये नगर प्रमुख पदका लागि ४ जना र उप प्रमुख पदका लागि ३ जनाको उम्मेदवारी परेको छ ।

जैमिनीमा सत्ता गठबन्धनको तर्फबाट नगर प्रमुखमा राष्ट्रिय जनमोर्चाका नेता नर बहादुर पुन र उप प्रमुखमा नेपाली कांग्रेसका नेता हरिहर शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपा एमालेको तर्फबाट नगर प्रमुखका लागि लिला राना र उप प्रमुखका लागि उषा पौडेलको उम्मेदवारी परेको जैमिनी नगरपालिकाका निर्वाचन अधिकृत सुर्य प्रसाद भण्डारीले जानकारी दिनुभयो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट नगर प्रमुख पदमा निर्मला बानियाँ क्षेत्री सापकोटा र उप प्रमुख पदमा चिना केसीको उम्मेदवारी परेको छ भने नेपाली कांग्रेस(विपी) बाट काशिराम आचार्यको नगर प्रमुख पदमा उम्मेदवारी परेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो