बरेङमा मतगणना सुरु, २ सय ५१ मत गन्दा गठबन्धनका उम्मेदवार अगाडि

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ३१ बैशाख २०७९ ।

बागलुङको बरेङमा मतगणना सुरु गरिएको छ । ५ वटा वडा रहेको बरेङमा वडा नं १ धुल्लुबाँस्कोटबाट मतगणना सुरु भएको हो ।

सर्वदलीय बैठक बसेर ढिलो गरी मतगणना सुरु भएको बरेङमा अहिले २ सय ५१ मत गनिएको छ । अध्यक्षमा गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद शर्मा १ सय ८९ मत ल्याएर अग्र स्थानमा हुनुहुन्छ भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार प्रदिप थापा मगरले ५५ मत प्राप्त गर्नुभएको छ । यस्तै गठबन्धनका तर्फबाट उपाध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका दिलिप कुमार पुनले १ सय ८५ मत प्राप्त गर्दा एमालेका उपाध्यक्षका उम्मेदवार दुर्गा कार्की थापा क्षेत्रीले ४७ मत प्राप्त गर्नुभएको छ ।

बरेङ गाउँपालिका वडा नम्बर १ को वडाध्यक्ष पदका लागि गठबन्धनका उम्मेदवारले १ सय ८३ मत प्राप्त गर्दा एमालेका उम्मेदवारले ५५ मत पाएका छन् । महिला सदस्य पदमा गठबन्धनले १ सय ८६ मत ल्याएको छ, एमालेलाई ५७ मत परेको छ ।
यस्तै दलीत महिला सदस्यमा गठबन्धनमा १ सय ८७ मत परेको छ भने एमालेलाई ५७ आएको छ । खुल्ला सदस्य १ मा गठबन्धनलाई १ सय ८४ र एमालेको खुल्ला सदस्य १ मा ५४ मत परेको छ । खुल्ला सदस्य २ मा गठबन्धनलाई १ सय ९२ मत आउँदा एमालेलाई ५० मत आएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो