जैमिनीमा १२ सय मत गन्दा गठबन्धन ७२५ मतले अगाडि, मतगणना चल्दै

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ३१ बैशाख २०७९ ।

बागलुङकाे जैमिनीमा एक हजार २ सय मतगणना भएकाे छ । मध्यान्ह १२ बजेबाट मतगन्न सुरू गरिएकाेमा राति ९ बजेसम्म एक हजार २ सय मत गनिएकाे हाे ।

१० वटा वडा रहेकाे जैमिनीमा वडा नं १० राङ्खानीकाे एक हजार २ सय मत गन्दा नगर प्रमुख पदमा गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमाेर्चाका नर बहादुर पुनले ९ सय ३३  मत पाउनुभएकाे छ भने एमालेका उम्मेदवार लिला रानाले २ सय ८  मत प्राप्त गर्नुभएकाे छ ।

यस्तै उप प्रमुखमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका हरिहर शर्माले ८ सय ३१ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार उषा पाैडेलले १ सय ९४ मत प्राप्त गर्नुभएकाे छ । राप्रपाकाे उप प्रमुखका उम्मेदवार चीना केसीले १ मत ल्याउनुभएकाे छ ।

गठबन्धनका वडाध्यक्षले ८ सय ८१ मत ल्याएका छन् भने एमालेका उम्मेदवारले  २ सय ६४ मत प्राप्त गरेका छन् । गठबन्धनकाे महिला वडासदस्यका उम्मेदवारकाे ८ सय ८३ मत प्राप्त भएकाे छ भने एमालेका उम्मेदवारकाे लागि २ सय ४६ मत परेकाे छ ।

गठबन्धभनकाे दलीत महिला सदस्यले ८ सय ८५ मत ल्याउनुभएकाे छ । एमालेका उम्मेदवारकाे २ सय ३१ मत छ । खुल्ला सदस्यमा गठबन्धनका उम्मेदवार नै अगाडि छन् । खुल्ला सदस्य एकमा ८ सय ४३ र दाेश्राे सदस्यमा ८ सय ७६ मत परेकाे छ । यस्तै एमालेकाे सदस्य १ काे लागि २ सय ३१ र दाेश्राे सदस्यकाे लागि २ सय ४९ मत खसेकाे छ ।  राप्रपा र नेपाली कांग्रेस (वीपी) काे नगर प्रमुख पदका उम्मेदवारले अहिलेसम्म मत प्राप्त गरेका छैनन् ।

अहिले जैमिनी नगरपालिकाकाे सभाहल तथा वडा नं १ काे भवनमा मतगणना भैरहेकाे छ । जहाँ सुरक्षाकाे लागि सिसीक्यामेरा जडान गरिएकाे छ भने तारजाली लगाइएकाे छ ।

जैमिनी नगरपालिका वडा नं १० मा कुल १ हजार ९ सय ३२ मत खसेकाे थियाे । राङ्खानीमा १ हजार ४ सय महिला र १ हजार ३ सय ९० पुरूष गरी कुल २ हजार ८ सय ५३ जना मतदाता रहेका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो