बागलुङ, ३१ बैशाख २०७९ ।
बागलुङकाे जैमिनीमा गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । ६ सय मत गन्दा गठबन्धनका साझा उम्मेदवार नर बहादुर पुन ४ सय ५८ मत सहित अगाडि देखिएका हुन् ।
नगर प्रमुखमा एमालेका उम्मेदवार लिला रानाले १ सय ७ मत प्राप्त गर्नुभएकाे छ भने राप्रपाकाे उप प्रमुखका उम्मेदवार चीना केसीले १ मत ल्याउनुभएकाे छ ।
यस्तै उप प्रमुखमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता हरिहर शर्माले ४ सय १६ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार उषा पाैडेलले ९५ मत प्राप्त गर्नुभएकाे छ ।
१० वटा वडा रहेकाे जैमिनीमा अहिले वडा नं १० राङ्खानीकाे मतगणना भैरहेकाे छ । गठबन्धनका वडाध्यक्षले ४ सय ३९ मत ल्याएका छन् भने एमालेका उम्मेदवारले १ सय ३५ मत प्राप्त गरेका छन् । गठबन्धनकाे महिला वडासदस्यका उम्मेदवारकाे ४ सय ४२ मत प्राप्त भएकाे छ भने एमालेका उम्मेदवारकाे लागि १ सय २३ मत परेकाे छ ।


गठबन्धभनकाे दलीत महिला सदस्यले ४ सय ४० मत ल्याउनुभएकाे छ । एमालेका उम्मेदवारकाे १ सय १३ मत छ । खुल्ला सदस्यमा गठबन्धनका उम्मेदवार नै अगाडि छन् । खुल्ला सदस्य एकमा ४ सय २५ र दाेश्राे सदस्यमा ४ सय ३६ मत परेकाे छ । यस्तै एमालेकाे सदस्य १ काे लागि १ सय ११ र दाेश्राे सदस्यकाे लागि १ सय २३ मत खसेकाे छ । राप्रपा र नेपाली कांग्रेस (वीपी) काे नगर प्रमुख पदका उम्मेदवारले अहिलेसम्म मत प्राप्त गरेका छैनन् ।

प्रतिक्रिया दिनुहाेस्