चुनाव अपडेटः जैमिनी ७ मा सुनार सहित गठबन्धनकाे प्यानल नै विजयी, स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धी

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २ जेठ २०७९ । 

बागलुङकाे  जैमिनी ७ मा गठबन्धनकाे प्यानल नै विजयी भएकाे छ । मूख्य प्रतिस्पर्धी स्वतन्त्रका उम्मेदवार बम बहादुर क्षेत्रीलाई ४ सय ३ मतान्तरले पराजित गर्दै वडाध्यक्षका उम्मेदवार केन्द्र बहादुर सुनारकाे प्यानल विजयी बनेकाे हाे ।

विजयी वडाध्यक्षका उम्मेदवार सुनारले ८ सय ३९ मत प्राप्त गर्दा वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार क्षेत्रीले ४ सय ३६ मत प्राप्त गर्नुभएकाे जैमिनी नगरपालिकाका निर्वाचन अधिकृत सुर्य प्रसाद भण्डारीले जानकारी दिनुभयाे । १० वटा वडा रहेकाे जैमिनी नगरपालिकामा अहिलेसम्म वडा नं १०, वडा नं ९, वडा नं ८ र वडा नं ७ काे मतगणना सम्पन्न भएकाे छ । जसमा वडा नं ९ मा एमालेका वडाध्यक्ष विजयी बनेका छन् भने ३ वटा वडामा प्यानल विजयी भएकाे छ । वडा नं ९ मा पनि वडाध्यक्ष बाहेक सबै गठबनधनका प्यानल विजयी भएका छन् ।

यस्ताे छ मत अन्तिम परिणाम

नगर प्रमुखमा
नर बहादुर पुन (गिलास) :- ११६८
लिला राना(सुर्य) :- ३४१
हलो :- १
करुवा :-४
नगर उप प्रमुखमा
हरिहर शर्मा (रुख) :- १२५८
उषा पाैडेल(सुर्य) :- २३९
वडा अध्यक्ष
गठवन्धन (रुख) :-८३९
एमाले :- १९८
पुतलि:- ४३६
कटहर :- ५२
कैँची :- ९
महिला सदस्य
गठवन्धन :- १०१३
एमाले :- ३२७
दलित महिला सदस्य
गठवन्धन :-१००९
एमाले:- ३००
कटहर:- ४९
खुल्ला वडा सदस्य (एउटा चिन्ह)
गठवन्धन :-८६४
एमाले:-३७३
पुतलि :- १६०
कटहर:-३८
खुल्ला वडा सदस्य (दुईवटा चिन्ह)
गठवन्धन :- १०८७
एमाले:- २८८

जम्मा खसेको मत १६४४ 

 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो