बरेङ गाउँपालिकाकाे अध्यक्षमा गठबन्धनका शर्मा विजयी, जनमाेर्चाका शर्माले दाेश्राे कार्यकाल सम्हाल्दै

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ३ जेठ २०७९ ।

बरेङ गाउँपालिकाकाे अध्यक्षमा गठबन्धनका उम्मेदवार कृष्णप्रसाद शर्मा विजयी हुनुभएको छ। सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका शर्मा तीन हजार ६ सय १ मत ल्याएर विजयी हुनुभएको हो।

उहाँकाे निकटतम प्रतिद्वन्दी नेकपा एमालेका प्रदीप थापाले दुई हजार २ सय ३२ मत प्राप्त गर्नुभएकाे छ । उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दीलिप कुमार पुन विजयी हुनुभएको छ । उहाँले तीन हजार ६ सय ८२ मत प्रनप्त गर्दा निकटतम प्रतिद्वन्दी एमालेका दुर्गा कार्की थापा क्षेत्रीले एक हजार ९ सय ५५ मत प्राप्त गर्नुभएको छ ।

बरेङ गाउँपालिकाकाे वडा नं १,२,४ र ५ गठबन्धनले जितेकाे छ भने वडा नं ३ मा एमालेका उम्मेदवार विजयी भएका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो