चुनावी अपडेटः जैमिनी २ काे वडाध्यक्षमा प्रेम सापकाेटा सहित गठबन्धनकाे प्यानल नै विजयी

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ३ जेठ २०७९ । 

जैमिनी २ काे वडाध्यक्षमा प्रेम सापकाेटा सहित गठबन्धनकाे प्यानल नै विजयी भएकाे छ । मंगलबार दिउँसाे साँढे २ बजे अन्तिम मतगणना हुँदा निकटमा प्रतिद्वन्दीलाइ१ सय ४७ मतान्तरले पराजित गर्दै गठबन्धनकाे प्यानल नै विजयी भएकाे हाे ।

कुल १ हजार १ सय ६८ मत खसेकाेमा निकटतम प्रतिद्वन्दी स्वतन्त्र पदका उम्मेदवार लक्ष्मी प्रसाद सापकाेटाकाे धाराे चिन्हमा ३ सय २० मत प्राप्त हुँदा विजयी सापकाेटाकाे ४ सय ६७ मत प्राप्त भएकाे थियाे ।

अहिले वडा नं १ काे मतगणना भैरहेकाे छ । १० वटा वडा रहेकाे जैमिनीमा वडा नं १० बाट मतगणना सुरू गरिएकाे थियाे । अब जम्मा गन्न बाँकी मतसंख्या १ हजार ५ सय १६ रहेकाे छ ।

अहिलेसम्म ९ वटा वडाकाे मतगणना हुँदा ५ दलीय गठबन्धनकाे नगर प्रमुख पदका साझा उम्मेदवार नर बहादुर पुन लाइ गिलास चिन्हमा ७ हजार ७ सय ८६ मत प्राप्त भएकामे छ भने निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार लिला रानाकाे  सुर्य चिन्हमा२ हजार ५ सय ८६ मत प्राप्त भएकाे छ । यस्तै राप्रपाका उम्मेदवार निर्मला सापकाेटाले हलाे चिन्हमा १ सय ५८ मत प्राप्त गर्दा नेपाली कांग्रेस (विपी) का उम्मेदवार काशिराम आचार्यले करुवा चिन्हमा १ सय ५६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै नगर उप प्रमुख पदका लागि गठबन्धनका उम्मेदवार हरिहर शर्माले रूख चिन्हमा ७ हजार ९ सय ६६ र निकटम प्रतिद्वन्दी एमालेका उम्मेदवार उषा पाैडेलले सुर्य चिन्हमा २ हजार ४ सय २२ मत ल्याउनुभएकाे छ । राप्रपाका उम्मेदवार चिना केसीले हलाे चिन्हमा ९ वटा वडाबाट कुल १ सय ५० मत प्राप्त गर्नुभएकाे छ ।

यस्ताे छ जैमिनी २ काे अन्तिम मत परिणाम

नगर प्रमुख
गठबन्धन, नर बहादुर पुन (गिलास):- ६८८
एमाले, लिला राना(सुर्य):- ९२
नेपाली कांग्रेस (विपी), काशिराम आचार्य ( करुवा):- ७
राप्रपा, निर्मला सापकाेटा (हलाे):- १३०
नगर उपप्रमुख
हरिहर शर्मा (रुख):- ७४०
उषा पाैडेल(सुर्य):- ९२
चिना के. सि. (हलाे):- ९३
वडा अध्यक्ष
गठवन्धन (रूख): ४६७
एमाले: ४०
राप्रपा: २२३
स्वतन्त्र(धाराे): ३२०
महिला सदस्य
गठवन्धन :-७३१
एमाले:- ६२
राप्रपाः– १२२
दलित महिला सदस्य
गठवन्धन :- ७२९
एमाले: ८५
खुल्ला सदस्य (एउटा चिन्ह)
गठवन्धन :- ५१३
एमाले: ५५
राप्रपा: १४९
स्वतन्त्र(धाराे): ३२८
खुल्ला सदस्य (दुई चिन्ह)
गठवन्धन :- ५१५
एमाले: ४२
राप्रपा: ९८
स्वतन्त्र(धाराे): २१४

जम्मा खसेकाे मतसंख्या : ११६८


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो