जैमिनी १ को वडाध्यक्षमा विष्णु आचार्य सहित गठबन्धनको प्यानल नै विजयी

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ४ जेठ २०७९ ।

बागलुङको जैमिनी नगरपालिकाको वडा नं १ मा नेपाली कांग्रेसका विष्णु आचार्य सहित प्यानल नै विजयी भएको छ । मंगलबार राति सवा ९ बजे आएको अन्तिम मतपरिणाम अनुसार वडाध्यक्षमा आचार्य सहित ५ दलीय गठबन्धनको प्यानल नै विजयी भएको हो ।

निर्वाचित आचार्यले १ हजार २ सय ४ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रुद्र प्रसाद आचार्यको २सय ३१ मत प्राप्त भएको छ । यस्तै खुल्ला सदस्यमा चित्र प्रसाद चापागाईँ र ओम बहादुर केसी, महिला सदस्यमा झपिन्द्र कुमारी हमाल मल्ल र दलित महिला सदस्यमा संगिता कुमारी नेपाली निर्वाचित हुनुभएको छ ।

यस्तो छ जैमिनी १ को अन्तिम मत परिणाम

नगर प्रमुख
नर बहादुर पुन (गिलास)ः– ९६९
लिला राना(सुर्य)ः– २८७
काशिराम आचार्य ( करुवा)ः– १३०
निर्मला सापकोटा (हलो)ः– १५

नगर उपप्रमुख
हरिहर शर्मा (रुख)ः– १२०७
उषा पौडेल(सुर्य)ः– २१४
चिना के. सि. (हलो)ः– १४

वडा अध्यक्ष
गठवन्धन (रूख): १२०४
एमालेः २३१
राप्रपाः १६

महिला सदस्य
गठवन्धनः–११५३
एमालेः– २२१

दलित महिला सदस्य
गठवन्धनः– ११२५
एमालेः २२०

खुल्ला सदस्य (एउटा चिन्ह)
गठवन्धनः– १०१०
एमालेः २१२

खुल्ला सदस्य (दुई चिन्ह)
गठवन्धनः– ९८६
एमालेः ५१९

कुल खसेको मतः १५१८


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो