जैमिनीको पहिलो निर्णयः नागरिक सहायता कक्ष स्थापना, असारे विकास रोक्ने

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ८ जेठ २०७९ ।

बागलुङको जैमिनी नगरपालिकामा नागरिक सहायता कक्ष स्थापना हुने भएको छ । नव निर्वाचित नगर प्रमुख नर बहादुर पुनले नागरिक सहायता कक्ष स्थापना गर्ने पहिलो निणर्य गर्नुभएको हो ।

जैमिनीका बिभिन्न ठाउँबाट नगरपालिकामा सेवाग्राहीहरु आउने तर उनीहरुलाई सबै जानकारी नहुने हुँदा सेवाग्राहीलाई सहज होस् भनेर नागरिक सहायता कक्ष स्थापना गर्ने निणर्य गरेको नगर प्रमुख पुनले बताउनुभयो । आफू जनताको प्रतिनिधि भएकाले आफ्नो कार्यकालको पहिलो निणर्य जनताको सहजताको लागि गरेको उहाँको भनाई छ ।

आफ्ना सेवाग्राही सबै जानकार नहुने तर उनीहरुलाई अनिवार्य सेवा दिनुपर्ने भएकाले उनीहरुको सहजताको लागि नागरिक सहायता कक्षले मद्दत पुर्‍याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । नागरिक सहायता कक्षमा जैमिनी नगरपालिकाको कार्यलयबाट प्रवाह हुने सेवा सुविधा र कार्य सम्पादनको सहजिकरण गरिनेछ । नागरिक सहायता कक्ष स्थापना भएपछि जैमिनी नगरपालिकाको विकट र टाढाका वडाबाट आउने सेवाग्राहीहरुलाई थप सहज हुने आशा गरिएको छ ।

यस्तै नगर उप प्रमुख हरिहर शर्माले जैमिनी नगरपालिकामा असारे विकासलाई निरुत्साहित गरी योजनाहरुको मासिक रुपमा प्रभावकारी अनुगमन गर्ने पहिलो निणर्य गर्नुभएको छ । आफ्नो अधिकारक्षेत्र भित्र परेका अनुगमन तथा सुशासन लगाएतको क्षेत्रमा कुनै गुनासो नआउने गरी काम गर्ने भन्दै उहाँले विकास निर्माणलाई प्रभावकारी रुपले सम्पन्न गर्न आवश्यक कार्यहरु गर्ने बताउनुभयो । कुनैपनि योजनाको आवश्यकता र औचित्य हेरेर काम गरिने उहाँको भनाई छ ।

नगर प्रमुख र उप प्रमुखको पदबहाली लगतै भएको यी निणर्यलाई प्रभावकारी ढंगबाट कार्यन्वयनमा लैजान आवश्यक सर सल्लाह र सुझाव समेत संकलन गरिने बताइएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो