जैमिनीको जनता मा.वि. पैञ्युँथन्थापका विद्यार्थीहरुको निशुल्क आँखा परिक्षण

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ११ जेठ २०७९ ।

जैमिनीको जनता माध्यामिक विद्यालय पैञ्युँथन्थापका विद्यार्थीहरुको निशुल्क आँखा परिक्षण गरिएको छ । जैमिनी नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा जैमिनी आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा मंगलबार १ सय ५० जना विद्यार्थीहरुको निशुल्क आँखा परिक्षण गरिएको हो ।

आँखा परिक्षण गरिएको मध्ये ३ जनाको आँखामा चस्मा लगाउनुपर्ने देखिएको र १ जनाको थप जाँच गर्नुपर्ने देखिएर रेफर गरिएको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो । बाँकी १ सय ४६ जना विद्यार्थीहरुको आँखाको अवस्था सामान्य रहेको उहाँको भनाई छ ।

चस्मा लगाउनुपर्ने विद्याथीलाई जैमिनी आँखा उपचार केन्द्रको समन्वयमा हिमालयन आँखा अस्पतालबाट निशुल्क चस्मा उपलब्ध गराइनेछ । आँखा जाँच शिविरमा जैमिनी आँखा उपचार केन्द्रका नेत्र सहायक लक्ष्मण महतो लगाएतको टाली सहभागी भएको थियो । बागलुङको जैमिनी नगरपालिका- ९ पैञ्युँथन्थापमा रहेको विद्यालयका विद्यार्थीहरु निशुल्क आँखा परिक्षण गराउन पाउँदा खुशी भएका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो