जैमिनीमा गणतन्त्र दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता हुने

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १३ जेठ २०७९ ।

बागलुङको जैमिनी नगरपालिकाले गणतन्त्र दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । गणतन्त्र दिवसको अवसरमा जैमिनीले यहि जेठ १६ गते माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो ।

कक्षा ९ देखि १२ सम्म अध्यनरत विद्यार्थीहरु सहभागी हुन पाउने प्रतियोगितामा विद्यार्थीहरुले “लोकतान्त्रिक गणतन्त्र सुदृृढीकरणका लागि स्थानीय तहको भूमिका” विषयमा आफ्नो प्रस्तुति राख्न पाउनेछन् । बिहिबार जैमिनी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले नगरपालिकाभरका माध्यामिक विद्यालयहरुलाई एकजना छात्र र एकजना छात्रा गरी प्रत्येक विद्यालयबाट २ जना सहभागी पठाउन परिपत्र गरेको छ ।

प्रतियोगितामा प्रथम हुनेले ५ हजार रुपैयाँ, द्वित्तीय हुनेले ३ हजार रुपैयाँ र तृतीय हुनेले १ हजार रुपैयाँ नगद पुरस्कार पाउने शिक्षा अधिकृत मीरा देवी शर्माले जानकारी दिनुभयो । प्रतियोगिता जेठ १६ गते बिहान ११ बजे जैमिनी नगरपालिकाको सभाहल कुश्मिसेरामा हुनेछ ।

No photo description available.


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो