जैमिनीको कार्यपालिका सदस्यमा १६ जनाको उम्मेदवारी, नामावली हेर्नुहोस्

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १४ जेठ २०७९ ।

जैमिनी नगरपालिकाको कार्यपालिका सदस्यको लागि १६ जनाले मनोनयन दर्ता गरेका छन् । महिला र दलित तथा अल्पसंख्यक बाट १६ जनाको मनोनयन परेको हो ।

निर्वाचन तालिका अनुसार शुक्रबार महिला सदस्यमा ९ जना र दलित तथा अल्पसंख्यकमा ७ जना गरी १६ जनाको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत सुर्य प्रसाद भण्डारीले जानकारी दिनुभयो । महिला सदस्यको लागि नेपाली कांग्रेसको तर्फबाट ४ जना नेकपा माओवादी केन्द्रबाट २ जना नेकपा एकिकृत समाजवादीको तर्फबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट २ जनाको उम्मेदवारी परेको छ । यस्तै दलित तथा अल्पसंख्यकको लागि नेकपा एमालेका ३ जना र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट एक एक जना गरी ७ जनाको मनोनयन दर्ता भएको छ ।

महिला सदस्यको लागि नेपाली कांग्रेसबाट गीता कुमारी विक, भगवती शर्मा सापकोटा, राधिका नेपाली र लक्ष्मी देवी शर्मा चापागाईँको मनोनयन परेको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट दुर्गा देवी पाध्य र शान्ति सुनार, नेकपा एकिकृत समाजवादीबाट लिला देवी हरिजन र राष्ट्रिय जनमोर्चाको तर्फबाट मिना परियार र शान्तकला शर्माको उम्मेदवारी परेको छ । यस्तै दलित तथा अल्पसंख्याक सदस्यको लागि नेकपा एमालेबाट डम्बर बहादुर सार्की, विर बहादुर सार्की र विष्णुराज विकको उम्मेदवारी परेको छ भने नेपाली कांग्रेसबाट चिन्तामणी दर्जी, माओवादी केन्द्रबाट लाल बहादुुर परियार, नेकपा एकिकृत समाजवादीबाट भरत विक र राष्ट्रिय जनमोर्चाको तर्फबाट दिल बहादुर दमैको उम्मेदवारी परेको निर्वाचन अधिकृत भण्डारीले बताउनुभयो ।

शनिबार उम्मेदवारको विरुद्धमा उजुरी दिने, मनोनयनपत्र जाँच र उजुरी उपर निणर्य गर्ने र उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने कार्यसूचि रहेको छ । आइतबार उम्मेदवारी फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह प्रदान गरिनेछ । १७ गते मंगलबार मतदानको समय रहेको निर्वाचन कार्यलयले जनाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो