जैमिनीका बिभिन्न ठाउँमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २४ जेठ २०७९ ।

जैमिनीमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । १६ गते जैमिनी ३ कालापातालबाट सुरु भएको पशु स्वास्थ्य शिविर सोमबार छिस्तीमा सम्पन्न भएको हो ।

१६ गते जैमिनी नगरपालिका वडा नं २ र ३ को लागि कालापातालमा, २० गते जैमिनी नगरपालिका वडा नं ९ र १० लाई केन्द्रित गरी वडा नं १० राङ्खानी देउरालीमा, २१ गते वडा नं ६ का लागि अर्जेवा वडा कार्यलयमा, २२ गते वडा नं ७ को लागि जैदीको वडा कार्यलयमा र २३ गते वडा नं ८ लाई केन्द्रित गरी छिस्ती वडा कार्यलयमा पशु स्वास्थ्य शिविर गरिएको जैमिनी नगरपालिका पशु सेवा शाखाका प्रमुख कृष्ण प्रसाद ढकालले जानकारी दिनुभयो ।

निःशुल्क शिविरमा गोबर परिक्षण, पशु बन्ध्याकरण, रेविज खोप लगाएतका सुविधा प्रदान गरिएको थियो । बाँकी रहेका वडाहरु पशु सेवा कार्यलय नजिक रहेकाले कार्यलयमा नै आएर पनि सेवा लिन सकिने ढकालले बताउनुभयो । ती वडाहरुमा शिविर सञ्चालनको विषयमा टुंगो लागेको छैन ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो