घरमा साङ्ला भएमा यस्ता रोग लाग्न सक्छ, भगाउने उपाय के हाेला ? जान्नुहाेस्

याे सामग्री सेअर गर्नुहाेस्

गर्मी सिजनमा खानेकुरा चाँडै सड्ने गर्छ । त्यसमथि झिँगा र साङ्लाले खानेकुरा दूषित बनाइदिन्छ । झिँगा त नियन्त्रण गर्न सकिन्छ तर साङ्ला फैलिएपछि नियन्त्रण गर्न गाह्रो हुन्छ । खासगरी भान्साको कुनाकाप्चामा बस्ने साङ्ला शौचायलको ढल जस्ता ठाउँमा पनि सुरक्षित हुने गर्छ । यसरी जहाँपनि सुरक्षित हुने र अत्याधिक प्रजनन क्षमता भएका कारण साङ्लालाई निर्मूल गर्न त्यति सजिलो छैन ।

यो यस्तो जीवन हो, जो हजारौं, लाखौं वर्षदेखि धर्तीमा छन् । हरेकजसो घरमा साङ्ला पाइन्छ । घरको कुनाकाप्चामा साङ्ला नै साङ्ला भेटिन्छ । बेडरुम, भान्सा जताजतै साङ्ला हुन्छ । यस्ता साङ्लाले खानेकुरा दूषित बनाउँछ । त्यस्तो खानेकुरा सेवन गर्दा हामीलाई पेटको समस्या हुन्छ ।

वान्ता वा पखाला लाग्न सक्छ । साङ्लाको कारण फुड प्वाइजन हुने सम्भावना रहन्छ । यसका साथै टाइफाइडको पनि समस्या हुन सक्छ । साङ्ला सैलमोनेला नामक भाइरस फैलाउने प्रमुख श्रोत हो । साङ्लाको कारण एलर्जीको समेत समस्या हुन्छ ।

यसले छालामा समस्या ल्याउन सक्छ । खासमा साङ्लाले मुखबाट र्‍याल निकाल्छ । त्यस्तो र्‍याल भान्साको कुनैपनि सामानमा रहन सक्छ । भाँडाकुँडा, खानेकुरामा र्‍याल रहन्छ । साथै ओड्ने ओछ्याउनेमा पनि साङ्लाको र्‍याल रहन्छ, जसले एलर्जीको समस्या ल्याउँछ ।

साङ्लाको पेटको जीवाणु खानामा पर्छ । यसले पाचन क्रियामा समस्या उत्पन्न गर्छ । एक अध्ययनअनुसार जीवाणु सुडोमोनाज ऐरुगिनोसा साङ्लाको पेटमा हुन्छ । यो युरिन ट्रेक्ट इन्फेक्सन, पाचनसम्बन्धी समस्या र सेप्सिसको कारण बन्छ । साङ्ला दम रोगीका लागि त शत्रु नै हो । घरमा साङ्ला धेरै बढ्नु भनेको दम रोगीको लागि थप समस्या निम्त्याउनु हो ।

कसरी बच्ने ?
-साङ्ला गर्मीमा एकदमै छिटो फैलन्छ । यसको सन्तान पैदा गर्ने क्षमता उच्च हुन्छ । सजिलै मार्न पनि सकिदैन । किनभने यसको टाउको छिनाइयो भने समेत केहि दिनसम्म जीवित रहन सक्छ । यो प्राय भान्साको कुनाकाप्चा, खाट, दराज आदिमा लुकेर बस्छ । यसरी लुकेर बस्ने साङ्ला भगाउन केहि घरेलु विधी पनि अपनाउन सकिन्छ ।
– साङ्लोबाट मुक्ति पाउने पहिलो उपाय भनेको घरको सरसफाई हो । सफा र उज्यालो स्थान यसको लागि अनुकूल हुँदैन ।
– लसुन, प्याज र मरिचलाई बराबर मिलाएर पिस्नुपर्छ । उक्त पेस्टलाई पानीमा मिसाएर घोल तयार गर्ने । अब त्यो घोललाई एउटा बोत्तलमा राखेर साङला बस्ने कुना काप्चामा छर्कनुपर्छ । केही समय नियमित घोल छर्केपछि साङ्लाको समस्याबाट राहत मिल्छ ।
– सख्खर र बेकिङ सोडालाई बराबर मात्रामा मिलाउने र साङ्लो बस्ने स्थानमा राख्नुपर्छ । त्यसको छेउमा थोरै पानी पनि राखिदिनुपर्छ । सोडा खाएपछि यसले पानी पिउँछ र मर्छ । बेकिङ सोडा यसको पेटमा गएपछि हानी पुर्‍याउँछ ।
-पानीमा डिटर्जेन्ट घोलेर साबुनको घोल बनाउने । यसका लागि कुनैपनि किसिमको साबुन प्रयोग गर्न सकिन्छ । यस घोललाई स्प्रेको माध्यामबाट साङ्ला बस्ने ठाउँमा छर्कनुपर्छ ।
– तेजपत्ताको गन्धसंग साङ्ला भाग्ने गर्छ । त्यसैले केहि पत्ता साङ्ला धेरै बस्ने कुनामा राखीदिनुहोस् । यसको गन्धले साङ्ला आँफै भाग्ने गर्दछन । तर एउटा पत्ताले लामो समय काम नगर्ने भएकोले केहि हप्ताको अन्तरमा त्यसलाई बदल्नु पर्दछ ।
-ल्वाङ्ग पनि साङ्ला भगाउने उत्तम उपाय हो । साङ्ला धेरै लाग्ने ठाउँमा ल्वाङ्गका केहि टुक्रा अथवा धुलो राखिदिनुहोस । यस उपायबाट साङ्ला भाग्दछ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो