ट्रकको ठक्करबाट माेटरसाइकलमा सवार एक जनाकाे ज्यान गयाे, चालक प्रहरी नियन्त्रणमा

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाै, ३० जेठ २०७९ ।

 काठमाण्डौको कोटेश्वरमा ट्रकको ठक्करबाट माेटरसाइकलमा सवार एक जनाकाे ज्यान गएकाे छ । ना ५ ख २९ १९ नम्बरको ट्रकको ठक्करबाट बा ७१ प ३०५४ नम्बरको मोटरसाइकलको पछाडि बस्ने पाँचथरको मिक्लाजुङ-५ घर भइ काठमाण्डौको काँडाघारी बस्ने ३४ वर्षकी सम्झना राईको ज्यान गएको हाे ।

गएराति पाैने १० बजे ट्रकले माेटसाइकललाई ठक्कर दिएपछि घाइते हुनुभएकी राईलाई उपचारकाे लागि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएकाे थियाे तर उहाँकाे सवा १० बजे ज्यान गएकाे अस्पतालले जनाएकाे छ ।  ट्रक चालकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेकाे जनाएकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो