जैमिनीमा पाठेघर सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न, ५ जनाको पाठेघरमा घाउ देखियो

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ३१ जेठ २०७९ ।

जैमिनीको नेपानेमा महिलाहरुको पाठेघर सम्बन्धी स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । बागलुङको जैमिनी नगरपालिका-३ नेपाने स्थित नेपाने शहरी स्वास्थ्य केन्द्रमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने उद्देश्यले स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरिएको हो ।

जैमिनी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा धौलागिरी अस्पताल बागलुङको स्त्री रोग विशेषज्ञ डाक्टर केशव आचार्य सहितको टोली सहभागी रहेको शिविरमा ९० जनाको पाठेघर परिक्षण गरिएको स्वास्थ्य शाखाकी स्टाफनर्स सुनिता चालिसेले जानकारी दिनुभयो । परिक्षण गरिएकामध्ये ७ जनाको पाठेघर खसेको, ६ जनालाई अन्यत्र रेफर गर्नुपर्ने देखिएको र ५ जनाको पाठेघरमा घाउ भएको पाइएको उहाँले बताउनुभयो ।

पाठेघर खसेकाहरुलाई रिङ पेसरी राखिएको छ । अन्यको अवस्था सामान्य देखिएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो