जैमिनीका उप-प्रमुख शर्माद्वारा जन्मदिनको अवसरमा संस्कृत पाठशालामा खाद्यान्न वितरण

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १ असार २०७९ ।

जैमिनी नगरपालिकाका उप-प्रमुख हरिहर शर्माले बुधबार जैमिनी संस्कृत आधारभूत पाठशालामा खाद्यान्न सहयोग गर्नुभएको छ । आफ्नो जन्मदिनको अवसरमा शर्माले जैमिनी-२ शिवपुरी दमेकमा रहेको पाठशालालाई १ महिनाको लागि खाद्यान्न सहयोग गर्नुभएको हो ।

विद्यालयमा आश्रीत सबैलाई १ महिनाको लागि भोजन पुग्नेगरी खाद्य सामग्री सहयोग प्राप्त भएको विद्यालयका शिक्षक दिपक न्यौपानेले जानकारी दिनुभयो । २१ जना बटुक रहेको सो पाठशालामा दैनिक २५ जनाले भोजन गर्ने गरेका छन् । सबै सहयोगी दाताहरुको सहयोगमा नै पाठशाला सञ्चालन भएको भन्दै शिक्षक न्यौपानेले उप-प्रमुख शर्माबाट एक महिना भोजनका लागि आवश्यक चामल, दाल तरकारी लगाएतका खाद्य सामग्री प्राप्त भएको बताउनुभयो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले उप-प्रमुख शर्मालाई जन्मदिनको शुभकामना दिँदै पूर्वीय दर्शन अध्ययन हुने ठाउँमा सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । प्राकृतिक महत्व बोकेको वेदको अध्ययन हुने पाठशालालाई सबै मिलेर सहयोग गर्नुपर्ने भन्दै उहाँले यस्ताखाले उत्सवमा हुने भड्किलो खर्च कटौती गरेर पुण्य कमाउने काममा खर्च गरे आत्मसन्तुष्टि मिल्ने बताउनुभयो ।

उप-प्रमुख शर्माले जनमदिनको शुभकामना दिने सबैप्रति धन्यवाद दिँदै आफूले सानो भएपनि सहयोग गरेर सन्देश दिन खोजेको बताउनुभयो । जन्मदिनमा हुने भड्किलो खर्चले कुनै अर्थ नराख्ने भएकाले आश्रय लिएकाहरुलाई एक छाक खान दिएपनि उनिहरुको आत्माले धन्यवाद दिने उहाँको भनाई छ । जैमिनी नगरपालिकामा पनि संस्कृत तथा वेद अध्ययन हुनु खुशीको कुरा भएको भन्दै उहाँले जैमिनी ऋषिको तपोभूमिमा पूर्वीव दर्शनमा आधारित वैदिक शास्त्र अध्ययन गराउने यस्ता पाठशालाहरुलाई सबैले बचाइराख्नुपर्ने बताउनुभयो ।

जैमिनी नगरपालिकाको वडा नं २ शिवपुरीमा रहेको पाठशालामा विभिन्न स्थानका २१ जना बटुकहरु अध्यनरत रहेका छन् । निःशुल्क रुपमा आवाशीय सुविधा सहित वैदिक वेद तथा संस्कृत अध्ययन हुने पाठशालामा अन्य विद्यालयमा जस्तै अंग्रेजी र गणित विषय समेत अध्यापन हुँदै आएकोे छ । निःशुल्क अध्यापन गराइरहेको पाठशाला अहिलेसम्म बिभिन्न दाताहरुको सहयोग र मुठीदानमा चलिरहेको व्यवस्थापन समितिका अध्यक्ष टंक प्रसाद सापकोटाले जानकारी दिनुभयो । अन्य श्रोत केहि नभएको पाठशालामा विगत डेट बर्षदेखि दरबन्दीको शिक्षक खाली भएको भन्दै उहाँले यसतर्फ नगरपालिकाको ध्यानाकर्षण गराउनुभयो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो