जैमिनीमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी सुरु

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १ असार २०७९ ।

जैमिनीमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी सुरु भएको छ । असार १० गतेसम्म नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिसक्नुपर्ने बाध्यात्मक परिस्थितिलाई मध्येनजर गर्दै बागलुङको जैमिनी नगरपालिकाले तयारी थालेको हो ।

अहिले श्रोत खोजिको लागि विषयगत समितिहरुको बैठक बस्न थालेको जैमिनी नगरपालिकाका नगर उप-प्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । नीति तथा कार्यक्रम कस्तो बनाउने ? कुन क्षेत्रमा के गर्न सकिन्छ ? भनेर यस अघि जैमिनी नगरपालिकाले बिभिन्न विषय विज्ञहरुसँग पनि छलफल गरिसकेको छ ।

विशेषगरी जैमिनीमा कृषि र उत्पादनलाई बढी जोड दिई यहाँका नागरिकहरुको आधारभूत आवश्यकताहरु परिपूर्ति हुने खालका योजना तथा कार्यक्रम ल्याउनुपर्ने नगरवासीहरुको सुझाव रहेको छ । ग्रामिण भेगको नगरपालिका भएकाले यहाँ सोहि खालको नीति तथा कार्यक्रम बनाएर काम गर्न सके नगरको विकास छिटो हुने उप-प्रमुख शर्माको धारणा छ ।

“संघ र प्रदेश सरकारले पुरा नहुने आश्वासन बाँडेर नीति बनाएपनि उनिहरु नागरिकसँग प्रत्यक्ष नजोडिने हुनाले त्यसले खासै अर्थ राख्दैन” शर्माले जिल्लाखबर डटकम सँगको कुराकानीमा भन्नुभयो, “तर हामी त स्थानीय सरकार हौँ, हामी नागरिकसँग प्रत्यक्ष साक्षात्कार हुने हुँदा हामीले आश्वासन बाँड्न मिल्दैन, पुरा हुने योजना मात्र बनाउनुपर्छ ।”

स्थानीय तहका आवश्यकताहरु बढी हुने भएकाले संघ र प्रदेशमा कम बजेट राखेर स्थानीय तहमा बढी बजेट आउनुपर्ने उहाँको भनाई छ । नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कामहरु स्थानीय तहको दायित्वमा हुने भएकाले हरेक क्षेत्रलाई समेटेर नीति तथा कार्यक्रम बनाउनुपर्ने भन्दै उहाँले जैमिनीले सोहि अनुसार काम गर्ने बताउनुभयो ।

पालिकाले बनाउने नीति तथा कार्यक्रमहरु जनमूखि र प्रभावकारी कार्यन्वयन गर्न सकिने खालको हुनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । भएका श्रोत र साधनलाई उचित उपयोग गर्ने र आधारभूत आवश्यकतालाई हेरेर योजना बनाएमा जैमिनीका नागरिकहरुले थप लाभ लिन सक्ने उनिहरुको सुझाव छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो