पहिरो जाँदा करिडोरको जैमिनी खण्ड ठाउँ ठाउँमा अवरुद्ध, चौरीखोलामा पुल नहुँदा समस्या

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ७ असार २०७९ ।

ठाउँ ठाउँमा पहिरो गएपछि कालिगण्डकी करिडोरको जैमिनी खण्ड अवरुद्ध भएको छ । जैमिनी नगरपालिकाको क्षेत्रमा पर्ने राष्ट्रिय गौरवको आयोजना मानिएको कालिगडकी करिडोर पहिरोका कारण अवरुद्ध भएको हो ।

जैमिनी नगरपालिकाको विनामारे, अर्जेवा लगाएतका ठाउँमा पहिरो गएर करिडोर सडक अवरुद्ध भएको स्थानीयहरुले बताएका छन् । सडक अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेराबाट वडाहरुमा जान समस्या भएको छ भने बागलुङबाट बुटवल जाने यात्रीहरुलाई समेत समस्या परेको छ ।

पहिरो पन्छाउँदै सडक सञ्चालन गरेपनि पुनः पहिरो जाने गरेको स्थानीयहरुको भनाई छ । जैमिनी नगरपालिकाको वडा नं १ कुश्मिसेरा, वडा नं ५ बिनामारे, वडा नं ६ अर्जेवा, वडा नं ७ जैदी र वडा नं ८ छिस्तीको तल्लो खण्डमा कालिगण्डकी करिडोर सडक पर्दछ ।

यस्तै जैमिनी नगरपालिकाको वडा नं ७ जैदी र वडा नं ८ छिस्ती जोड्ने चौरीखोलामा समयमा पुल नबन्दा स्थानीहरुलाई सास्ती भएको छ । कालिगण्डकी करिडोरमा पर्ने सो खोलामा बेलिब्रिज निकालिएको र अर्को पुल पनि निर्माण सम्पन्न नहुँदा हिँडेर खोला तर्न समेत कठिन भएको स्थानीय नविन अधिकारिले जानकारी दिनुभयो ।

करिडोर अन्तरगत सो खालामा यातयात समेत सञ्चालन हुन सकेको छैन । सवारी साधनका लागि डाइभर्सन बनाएको भएपनि बर्खाको बाढीले बगाउँदा करिडोर हुँदै बुटवल पुग्ने बाटो अहिले अवरुद्ध रहेको छ । त्रिदेशयि लाईफलाइनको रुपमा रहेको कालिगण्डकी करिडोर अवरुद्ध हुँदा यात्रुहरु लामो दुरीको यात्रा गर्न बाध्य भएका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो