जैमिनीले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम र बजेट ल्याउँदै, यस्तो छ कार्यतालिका

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ७ असार २०७९ ।

बागलुङकाे जैमिनी नगरपालिकाले असार ८ र ९ गते आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने भएको छ । असार १० गते अनिवार्य नीति तथा कार्यक्रम र बजेट सभामा पेश गर्नुपर्ने नियम अनुसार जैमिनीले ८ र ९ गते घोषणा गर्न लागेको हो ।

असार ८ गते नीति तथा कार्यक्रम र ९ गते बजेट प्रस्तुत गर्नका लागि अहिले नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी भैरहेको जैमिनी नगरपालिकाका नगर उप-प्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । नेपाल सरकारको नीति अनुरुप समयमा नै बजेट प्रस्तुत गर्नका लागि अहिले वडाबाट आएका योजना तथा कार्यक्रमहरु कार्यपालिकामा पेस गर्ने काम भैरहेको उहाँको भनाई छ ।

आगामी आर्थिक बर्ष २०७९/८० का लागि ल्याइने नीति तथा कार्यक्रम र बजेटको सिलिङ यस अघि नै तय भएकाले त्यसैको पेरिफेरीमा रहेर कार्यक्रम बनाउने उप-प्रमुख शर्माले बताउनुभयो । अहिले बिभिन्न विषयगत समितिको छलफल गरेर कार्यपालिका बैठक बसिरहेको छ । नीति तथा कार्यक्रम र बजेट कार्यपालिकाबाट पास भएपछि मात्रै नगरसभामा पेश गनुपर्ने प्रावधान रहेको छ ।

नगरसभाले पास गरेपछि मात्र नीति तथा कार्यक्रम र बजेटको कार्यन्वयन गर्न पाइन्छ । नगरसभाको तयारी अन्तिम चरणमा पुगेको नगरपालिका श्रोतले जनाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो