जैमिनीमा “जैमिनी भलिवल संघ”को गठन, अध्यक्षमा मिलन सिञ्जाली

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ६ असार २०७९ ।

बागलुङको जैमिनीमा “जैमिनी भलिवल संघ”को गठन गरिएको छ । मिलन सिञ्जाली मगरको अध्यक्षतामा आइतबार “जैमिनी भलिवल संघ”को गठन गरिएको हो ।

१३ सदस्यीय समितिको उपाध्यक्षमा जीवन थापा र सुजन केसी, महासचिवमा शिव कुमार श्रीस र कोषाध्यक्षमा माया दर्लामी मगर चयन हुनुभएको छ । संघमा सकेसम्म जैमिनी नगरपालिकाका १० वटै वडाका भलिवल खेलाडीहरुलाई समेटेर राखिएको र आगामी दिनमा पनि खेलाडीहरुको हक र हितमा काम गर्ने समितिले जनाएको छ ।

जिल्ला भलिवल संघको आयोजनामा सञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथि जैमिनी नगरपालिका १ नं वडाका वडाध्यक्ष विष्णु प्रसाद आचार्यले जैमिनीमा खेल र खेलाडीहरुलाई सम्मान र प्रोत्साहन गरिने बताउनुभयो । वडा नं १ जैमिनीको केन्द्र पनि भएकाले यहाँ खेलकुदका लागि आवश्यक पूर्वाधार पनि तयार गर्दै जाने उहाँको भनाई छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो