जैमिनीमा महिला सशक्तीकरण कार्यक्रम सम्पन्न, पार्टी भित्र नै महिला अधिकार कुण्ठित

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १५ असार २०७९ ।

बागलुङको जैमिनीमा महिला सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ । अन्तर पार्टी महिला सञ्जाल बागलुङको आयोजनामा मंगलबार कुश्मिसेरामा महिला सशक्तीकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा जैमिनी नगरपलिकाका नगर प्रमुख नर बहादुर पुनले महिलाहरु निणर्ायक तहमा आउनुपर्ने भन्दै आफ्नो दक्षता र क्षमता देखाउनुपर्ने बताउनुभयो । आफ्नो हक र अधिकारको प्रयोग गर्दै आफूलाई निर्णायक तहमा उभिनसक्ने बनाउनुपर्ने भन्दै उहाँले महिला र पुरुष विच विभेद अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । हक र अधिकार सँगै दायित्व समेत बढ्ने हुँदा जस्तोसुकै कठिन परिस्थितिमा पनि आफूलाई सशक्त तरिकाबाट प्रस्तुत गर्न उहाँको सुझाव छ ।

यस्तै जैमिनी नगरपालिकाका नगर उप-प्रमुख हरिहर शर्माले महिलाहरुको हक हित र सशक्तीकरणमा अन्तरपार्टी महिला सञ्जालले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । महिलाहरु कमजोर हुन्छन् भन्ने भ्रमलाई चिर्दै सशक्त र अध्ययनशिल हुनुपर्ने भन्दै उहाँले महिलाहरु घर बाहिरको संसारमा आएपछि धेरै कुरा सिक्नसक्ने बताउनुभयो ।

कार्यक्रममा सञ्जालकी सल्लाहकार शकुन्तला शर्माले महिला सशक्तीकरण र नेतृत्व, अधिवक्ता ममतादेवि शर्माले कानुनी साक्षरता, सल्लाहकार लक्ष्मी बाँस्कोटाले योजना तर्जुमा र कार्यन्वयनको विषयमा सहजिकरण गर्नुभएको थियो । “निर्णायक तहमा अर्थपूर्ण सहभागिताको लागि समपूर्ण महिलाहरु एक हौं” भन्ने नाराका साथ भएको कार्यक्रममा बोल्ने वक्ताहरुले आफ्नो पार्टी भित्र महिलाको अधिकारबारे प्रष्ट हुुनुपर्ने धारणा राखेका थिए । पार्टी भित्र पनि महिलाहरुको हक र अधिकारलाई कुण्ठित पार्ने गरेको भन्दै सहभागीहरुले महिला कमजोर हुन्छन् भन्ने भ्रम त्याग्नुपर्ने बताएका छन् ।

अन्तरपार्टी महिला सञ्जाल बागलुङकी अध्यक्ष कुशुम बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न दल र संघ संस्थाका महिलाहरुको उपस्थिति रहेको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो