शान्ति मा.वि कुश्मिसेराले एसइईमा उतिर्ण विद्यार्थीलाई सम्मान गर्‍यो

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २४ साउन २०७९ ।

शान्ति माध्यामिक विद्यालय कुश्मिसेराले बाल क्लवका विद्यार्थीहरुलाई अभिमूखिकरण र एसइईमा उत्कृष्ट जिपिए ल्याएका विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिसेरामा अवस्थित शान्ति माध्यामिक विद्यालयले सोमबार बाल क्लवका विद्यार्थीहरुलाई अभिमूखिकरण र एसइईमा उत्कृष्ट जिपिए ल्याएका विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेकोे हो ।

भिएसओ नेपालको प्राविधिक सहयोग र स्थानीय सेवा प्रदायक संस्था बिवाईसी बागलुङको समन्वयमा सञ्चालित सिकाई परियोजनाको समन्वयमा बाल क्लव भनेको के हो ? बाल क्लवका कार्यहरु के के हुन् ? लगाएतका विषयमा बाल क्लवका पदाधिकारीहरुलाई अभिमूखिकरण गरिएको विद्यालयका प्रधानाध्यापक यम बहादुर जिसीले जानकारी दिनुभयो । अभिमूखिकरण कार्यक्रममा बाल क्लवका शिक्षक प्रतिनिधि डिल्ली प्रसाद पौडेलले सहजिकरण गर्नुभएको थियो ।

यस्तै सोमबार नै एसइई परिक्षा २०७८ मा उत्कृष्ठ जिपिए ल्याउने विद्यार्थीहरुलाई सम्मान तथा बधाई ज्ञापन गरिएको छ । ३ दशमलव २ भन्दा माथी जिपिए ल्याएका ९ जनालाई मायाको चिनो सहित सम्मान गरिएको हो । एसइई परिक्षामा ३ जनाले ३ दशमलव ६ जिपिए भन्दा माथी र ६ जनाले ३ दशमलव २ जिपिए भन्दा माथी ल्याएका छन् ।

उनिहरु सहित एसइई परिक्षामा सामेल भई उत्तिर्ण भएका २१ जनालाई समेत बधाई तथा शुभकामना ज्ञापन गरिएको विद्यालयका शिक्षक झपिन्द्र बहादुर क्षेत्रीले जानकारी दिनुभयो । कार्यक्रममा जैमिनी नगरपालिका वडा नं १ का वडाध्यक्ष विष्णु प्रसाद आचार्यको विशेष उपस्थिति रहेको थियो ।

शान्ति माध्यामिक विद्यालयका आधा भन्दा बढी विद्यार्थीहरुले एसइईमा तीन जिपिए भन्दा बढी ल्याएका थिए । ३० जनाले एसइई परिक्षा दिएकोमा १५ जनाको तीन भन्दा माथी जिपिए आएको विद्यालयले जनाएको छ ।

प्राविधिक धारतर्फ अध्ययन गर्ने २१ जना र साधारण धारतर्फका ९ जना गरी कुल ३० जनाले एसइई परिक्षा दिएकोमा प्राविधिक धारतर्फका १५ जना विद्यार्थीहरुको ३ जिपिए भन्दा बढी आएको विद्यालयका प्रधानाध्यापक यम बहादुर जिसीले बताउनुभयो । शान्ति मा.वि बाट एसइई परिक्षा दिने मध्ये सबैभन्दा बढी एक जनाको ३ दशमलव ६८ जिपिए आएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो